माथिल्लो त्रिशूली जलविद्युत्‌ आयोजनाको सुरुङमा फसेका ३५० जनाको उद्धार


११ भदौ, काठमाडौं । नेपाली सेनाले माथिल्लो त्रिशूली जलविद्युत् आयोजनाको सुरुङभित्र फसको ३५० जनाको उद्धार गरेको छ ।

​रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि ती मानिस सुरुङभित्र फसेको खबरले चौतर्फी चिन्ता बढाएको थियो । तर, चुनौतीपूर्ण उद्धार कार्य गर्दै सेनाले उनीहरूलाई सफलतापूर्वक उद्धार गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

अझै पनि सो टनेलभित्र १०० जनाभन्दा बढी मानिस फसेको सेनाको अनुमान छ । उनीहरूलाई पनि उद्धारको काम चलिरहेको छ ।

नेपाली सेनाले बिहीबार मात्रै रसुवाका विभिन्न प्रभावित क्षेत्रहरूबाट कुल ८८३ जना स्थानीय तथा मजदुरहरूको उद्धार गरेको जनाएको छ ।





Source link

Translate »