माेरङ कारागारमा कैदीबन्दीकाे प्रदर्शन


News Summary

Generated by OK AI. Editorially reviewed.

  • मोरङ जिल्ला कारागारमा प्रहरीले खानतलासी सुरु गरेपछि कैदीबन्दीहरूले छतमा चढेर विरोध प्रदर्शन गरेका छन्।
  • प्रमुख जिल्ला अधिकारी युवराज कटेल नेतृत्वको सुरक्षा टोलीले कारागारभित्रको सुरक्षा व्यवस्था कडा पार्दै केही कैदीलाई स्थानान्तरण गर्ने तयारी गरेको थियो।
  • प्रहरीले खानतलासी गर्दा प्रशासनले अनावश्यक दुःख दिएको आरोप लगाउँदै कैदीहरूले कारागारको ब्लक ‘बी’ मा अवरोध सिर्जना गरेका छन्।

१ भदौ, विराटनगर । जिल्ला कारागार माेरङका कैदीबन्दीले प्रदर्शन गरेका छन् । प्रहरीले कारागारभित्र खानतलासी सुरु गरेपछि कैदीबन्दीले छतमा बसेर प्रदर्शन गरेका हुन् ।

विराटनगर महानगरपालिका–८ स्थित जिल्ला कारागार मोरङमा सोमबार बिहान करिब ५ बजेबाट प्रहरीले खानतलासी सुरु गरेकाे थियो ।

मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कटेल, मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालसहितकाे टाेली कारागारमा छ ।

प्रशासनले कारागारकाे खानतलासी सँगै विवादास्पद छविका अभिषेक गिरीका सहयोगीलाई कारागारबाट स्थान्तरण गर्ने तयारी गरेकाे थियाे ।

तर प्रहरीको टाेलीले खानतलासी सुरु गरेपछि ब्लक ‘बी’ का कैदीबन्दीले प्रहरीलाई अवरोध गर्दै प्रदर्शन गरेका हुन् । प्रशासनले बारम्बार दु:ख दिइरहेको आराेप कैदीबन्दीले लगाएका छन् ।





Source link

Translate »