News Summary
Generated by OK AI. Editorially reviewed.
- २३ र २४ भदौमा भएको आन्दोलनबाट क्षतिग्रस्त प्रहरी वृत्त गौशालाको भवन पुनर्निर्माण सम्पन्न भएको छ।
- निर्माण समितिका अध्यक्ष आशामान संगतले पुनर्निर्मित भवन प्रहरीलाई हस्तान्तरण गरिएको जानकारी दिए।
- द्धारिकाज् होटलको ४५ लाखसहित महानगरपालिका र विभिन्न संघसंस्थाको सहयोगमा हिरासत र ब्यारेक पुनः सञ्चालनमा आएका छन्।
२२ साउन, काठमाडौं । गत २३ र २४ भदौमा भएको जेनजी आन्दोलनमा तहसनसह भएको प्रहरी वृत्त गौशालाको भवन पुनर्निर्माण गरिएको छ।
जेनजी आन्दोलनको क्रममा प्रहरी भवन, हिरासत, ब्यारेक पूर्णरुपमा क्षति भएको थियो । आगजनी र तोडफोडबाट क्षति भएको उक्त भवन अहिले पुनर्निर्माण सम्पन्न भएको वृत्त गौशालाका डीएसपी प्रकाश श्रीमलले बताए।
भवन पुनर्निर्माणका लागि काठमाडौँ महानगरपालिका, तथा वडा ७, ८, ९, अन्य विभिन्न संघसंस्थाहरुले योगदान गरेको बताइएको छ । भवन निर्माणका लागि द्धारिकाज् होटलले मात्रै ४५ लाख रुपैयाँ सहयोग थियो।
भवन निर्माण समितिका अध्यक्ष आशामान संगतले भवन सम्पन्न भएर प्रहरीलाई हस्तान्तरण गरिएको बताए। अहिले ब्यारेक, हिरासत, प्रहरी भवन सबै पुनर्निर्माण गरिएको छ। यसअघि हिरासत नहुँदा भने अन्य प्रहरी कार्यालयमा लगेर समेत थुनुवा राख्नुपर्ने अवस्था थियो।