गठबन्धन संस्कृतिका विकृति
नेपालको राजनीतिक यात्रामा अनेकौँ उकाली–ओराली, आरोह–अवरोह पार गर्दै खारिँदै गौरवमय र लामो इतिहास रच्न सफल नेपाली कांग्रेस लोकतन्त्रको पर्याय नै हो। अर्थात् लोकतन्त्रवादीको उपाधि पाउने सुविधा यही पार्टीलाई छ। अरू दक्षिणपन्थी, वामपन्थी र नयाँ पार्टीलाई छैन। यो नै कांग्रेसको सम्पत्ति हो। मुलुकमा कांग्रेस कमजोर हुँदा लोकतन्त्र र राष्ट्रियतामा खतरा आइपर्ने …