म्यानमार भूकम्प : मृतकको सङ्ख्या ३३०० नाघ्यो, २२० जना अझै बेपत्ता
प्रकाशित मिति : चैत्र २३, २०८१ शनिबार म्यानमारमा ठूलो भूकम्पबाट मर्नेहरूको सङ्ख्या तीन हजार तीन सयभन्दा माथि पुगेको सरकारी मिडियाले शनिबार बताएको छ । संयुक्त राष्ट्रसङ्घका सहायता प्रमुखले विश्वसामु विपद्ग्रस्त राष्ट्रलाई सहयोग गर्न नयाँ आह्वान गरेका छन् । मार्च २८ को भूकम्पले देशभरका भवन र पूर्वाधारहरू ध्वस्त पारेको छ । …