स्पेनमा विद्युत अवरोधका कारण एकै परिवारका ३ जनाको मृत्यु



प्रकाशित मिति : बैशाख १७, २०८२ बुधबार

स्पेनमा ब्ल्याकआउट सँग सम्बन्धित घटनामा कम्तीमा तीन जनाको मृत्यु भएको छ । स्पेनी सिभिल गार्डले यो घटनाको पुष्टि गरेको हो ।

स्पेनी सञ्चारमाध्यमहरूका अनुसार, मृतकहरू उत्तरी पश्चिमी नगर टाबोआदेलाका हुन् । ती सबै एउटै परिवारका सदस्य हुन् ।

बिजुली जेनेरेटरबाट निस्किएको कार्बन मोनोअक्साइडले तिनीहरूको मृत्यु भएको हो या होइन भनेर प्रहरी अहिले अनुसन्धान गरिरहेको छ । यद्यपि सिभिल गार्डले थप विवरण दिन अस्वीकार गरेको छ।

स्पेनमा विद्युत अवरोधका कारण एकै परिवारका ३ जनाको मृत्यु

स्पेनमा विद्युत अवरोधका कारण एकै परिवारका ३ जनाको मृत्यु

अधिकारीहरु सोमबार स्पेन र पोर्चुगलमा व्यापक अव्यवस्था ल्याउने गरी भएको बिजुली बन्दको कारण पत्ता लगाउन प्रयासरत छन्। मृतकहरू एक विवाहित जोडी र तिनीहरूको वयस्क छोरा भएको म्याड्रिडस्थित समाचारपत्र एल पाइसले जनाएको छ ।

उनीहरूको शव मंगलवार बिहान तिनीहरूकै ओछ्यानमा एकजना कामदारले फेला पारेका थिए। अन्य घटनाहरू पनि अनुसन्धानको क्रममा छन् । म्याड्रिडमा एक महिलाको मृत्यु भएको जनाइएको छ ।

उनको मृत्यु ब्ल्याकआउटका बेला प्रयोग गरिएको मैनबत्तीबाट लागेको आगोले हुन सक्ने अनुमान गरिएको छ । करीब पचास वर्षकी ती महिला राति म्याड्रिडको काराबान्चेल जिल्लास्थित एउटा भवनमा आगलागी भएपछि मृत फेला परेकी हुन्।

सहरको आपतकालीन जानकारी कार्यालयका अनुसार, १३ जना धुवाँको असरबाट प्रभावित भएका थिए । जसमा पाँच जनालाई अस्पताल भर्ना गरिएको थियो ।
यता भ्यालेन्सियामा पनि एक महिलाको मृत्यु भएको खबर आएको छ ।

तर उनको मृत्युको कारणबारे स्पेनी सञ्चारमाध्यमहरूबीच एकमत छैनन । स्थानीय प्रहरीका अनुसार, ती महिला दीर्घकालीन श्वासप्रश्वास सम्बन्धी रोगबाट ग्रसित थिइन् । ब्ल्याकआउटका कारण उनको भेन्टिलेटर बन्द भएपछि मृत्यु भएको हुनसक्ने आशंका गरिएको छ।

स्पेनमा विद्युत अवरोधका कारण एकै परिवारका ३ जनाको मृत्यु

विद्युत् अवरोधले स्पेन र पोर्चुगलमा व्यापक अराजकता ल्याएको थियो । अन्डोरा र फ्रान्सका केही भागहरू पनि प्रभावित भए।

सवारी ट्राफिक बत्तीहरू बन्द भएका थिए भने मेट्रो सेवा ठप्प भएको थियो । ब्यापारहरू कार्डमार्फत भुक्तानी लिन सकेनन्, जसका कारण थोरै काम गरिरहेका एटिएमहरूमा भीड लागेको थियो ।

सुरुमा मोबाइल फोन सञ्जाल पनि बन्द भएको थियो । जसले गर्दा धेरै मानिसहरू जानकारीको खोजीमा अलमलमा परेका थिए ।





Source link

Leave a Comment

Translate »
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School