वैद्यको पार्टीमा ब्युँतियो ‘बासी’ बहस, तीन एजेन्डामा बाझियो मत

वैद्यको पार्टीमा ब्युँतियो ‘बासी’ बहस, तीन एजेन्डामा बाझियो मत


१४ मंसिर, काठमाडौं । मोहन वैद्य किरण नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी महाधिवेशनमा छ । बिहीबार काठमाडौंको भूगोलपार्कमा उद्घाटन गरिएको महाधिवेशनको शुक्रबारबाट बन्दसत्र सुरु भएको छ ।

पार्टीमा खासगरी दुई पृष्ठभूमिका नेता कार्यकर्ताहरू छन्–माओवादी र मसाल । यी दुई पृष्ठभूमिका नेता कार्यकर्ताहरू तीन विषयमा फरक मतसहित बहसमा उत्रिएका छन् ।

ती हुन्– पार्टीको मार्गनिर्देशक सिद्धान्त माओवाद बनाउने कि माओविचारधारा, जनयुद्धलाई समीक्षा कसरी गर्ने र संघीयतालाई हेर्ने दृष्टिकोण के हो ?

वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टीसँग नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीबाट आएका नेकपा बहुमत र नेकपा मसालबाट फुटेर आएका सन्तबहादुर नेपाली समूहसँग एकता भएपछिको महाधिवेशन भएकाले एकताको महाधिवेशन नाम दिइएको छ ।

नेकपा बहुमतको एक पक्ष धमेन्द्र बास्तोलाको नेतृत्वमा विभाजन भएर नेकपा बहुमत पार्टी गठन गरेका छन् । हेमन्त प्रकाश वलीको नेतृत्वको अर्को समूह पनि क्रान्तिकारी कम्युनिस्ट पार्टीमा छ ।

मोहनविक्रम नेतृत्वको नेकपा मसालबाट विद्रोह गरेकाहरूले पनि क्रान्तिकारी कम्युनिस्ट पार्टीसँग एकता गरेका छन् । विभिन्न समयमा मसालबाट विभाजितहरूले पनि वैद्य नेतृत्वको पार्टीसँग एकता गर्दै आएका हुन् । ती नेताहरूमा परि थापा, रामसिंह श्रीष, रामबहादुर बुढा, सन्तबहादुर नेपाली लगायत छन् ।

पार्टी एकता गर्नेबेला विवादका विषयहरू महाधिवेशनमा सहमति गर्ने भनेर ‘उधारो सहमति’ गरेका कारण महाधिवेशनमा केही एजेन्डाहरूमा फरक मत देखिएको हो ।

माओवादी कि विचारधारा भन्ने बहस नेपालको कम्युनिष्ट आन्दोलनमा २०३० को दशकदेखि हुँदै आएको बहस हो । झण्डै अढाइ दशकअघि सशस्त्र युद्धका बेला पूर्वमसाल समूह सशस्त्र युद्धको विपक्षमा थियो ।

संघीयताको अभ्यास भएको पनि झण्डै एक दशक पुगिसकेको छ । महाधिवेशनमा सहभागी एक नेता पार्टीमा बासी बहस ब्युँतिएको बताउँछन् । ‘संसार कहाँ पुगिसक्यो, हामी बासी बहसमै उत्रिएका छौं’, महाधिवेशनमा सहभागी एक नेताले भने, ‘फरक पृष्ठभूमिका नेताहरू एक ठाउँमा वैचारिक सैद्धान्तिक सहमति बिना आउँदा पार्टी पछाडि फर्किएको जस्तो भइरहेको छ ।’

महाधिवेशन अन्तर्गत शुक्रबारबाट सुरु भएको बन्दसत्रमा पार्टीका संयोजक मोहन वैद्यले मूल राजनीतिक दस्तवेज पेस गरेका छन् । उनले तीनवटै एजेन्डामा आफ्नो मत प्रकट गरेका छन् ।

वैद्यले विचारधाराभन्दा माओवाद नै उत्तम हुने तर्क गरेका छन् । ‘माओवाद र माओ विचारधारा भन्ने कुरा शब्दावलीको फरक होइन’, वैद्यले भनेका छन्, ‘माओको राजनीतिक दर्शन, अर्थशास्त्र र वैज्ञानिक समाजवाद तीन वटैमा योगदान छ । योगदान विश्वभरी मानिएको छ र सर्वमान्य छ । यसकारण यो नयाँ चिजको अन्वेषण हो र वाद भयो । यसलाई हामीले वादकै रूपमा मान्दै आएका छौं र अब पनि मानेरै जानुपर्छ ।’

यसैसँग जोडेर संयोजक वैद्यले माओको सर्वहारा सांस्कृतिक क्रान्ति, निरन्तर क्रान्तिको सिद्धान्त, संगठन सम्बन्धी सिद्धान्त, पार्टीसम्बन्धी सिद्धान्त सर्वमान्य रहेको र यो नयाँ अन्वेषण भएको चर्चा गरे ।

नयाँ जनवादी क्रान्तिको खुड्किलो पार गरेर वैज्ञानिक समाजवादमा जाने पार्टीको कार्यदिशा उनले दस्तावेजमा प्रस्ताव गरेका छन् । जनसंघर्ष गर्ने, त्यसलाई सत्ताले दमन गर्ने र त्यसपछि प्रतिरोध गरेर अगाडि बढ्दै जाँदा सशस्त्र विद्रोहको आधार तयार हुने उनको दस्तावेजमा उल्लेख छ ।

वैद्यले आफ्नो राजनीतिक प्रतिवेदनमा जनयुद्धको समीक्षा पनि गरेका छन् । ‘जनयुद्धको समयमा केही कमिकमजोरी भएको स्वीकार गरिएको छ । त्यसको समीक्षा विगतमा पनि गरिएको छ । यसमा थप छलफल गर्दा त केही फरक पर्दैन तर, विगतमा पन समीक्षा गरिएकै छ’, उनले भनेका छन् ।

मोहन वैद्य किरण २०५२ सालदेखि १० वर्षसम्म चलेको सशस्त्र युद्धको प्रमुखमध्येका एक नेता हुन् । तर उनी शान्ति प्रक्रिया सुरु हुनुभन्दा अगाडि नै जेल परे । शान्ति प्रक्रिया पछाडि पनि २०६९ सालसम्म वैद्य पुष्पकमल दाहाल प्रचण्ड, डा. बाबुराम भट्टराईसहितको माओवादीमै रहे पनि उनी सशस्त्र विद्रोहको पक्षमा थिए ।

संघीयताको विषयमा संयोजक वैद्यले केवल पदका लागि जस्तो हुन पुगेकाले सुधार आवश्यक रहेको बताएका छन् । अहिलेको संघीयतालाई नै सेवा केन्द्रित गराउनुपर्नेमा जोड दिए पनि उनले सुधारिएको संघीयता कस्तो हुने भन्ने स्पष्ट व्याख्या गर्न सकेका छैनन् ।

तर, पूर्व मसाल पृष्ठभूमिका नेता/कार्यकर्ताहरू यी तीन वटा विषयमा फरक ढंगले समीक्षा र व्याख्या गरेर जानुपर्ने पक्षमा छन् । यो समूहको नेतृत्व गर्दै सन्तबहादुर नेपालीले फरक दस्तावेज लेखेका छन् ।

नेता नेपालीको फरक दस्तावेज शनिबार बन्दसत्रमा पेस हुनेछ । नेताहरूका अनुसार नेपालीले फरक दस्तावेजमा माओ विचार धारा भनेर जानुपर्ने, नेपालले अवलम्बन गरेको संघीयताको मोडेल र जनयुद्धको नयाँ ढंगले समीक्षा गर्नुपर्ने प्रस्ताव राखेका छन् ।

पूर्वमसाल पृष्ठभूमिका नेताहरू माओ विचारधारा भनेपछि सबै समेटिने तर्क गरिरहेका छन् । यसकारण पार्टीले माओवाद नभनेर माओ विचारधारा भन्नुपर्ने उनीहरूको प्रस्ताव छ ।

क्रान्तिकारी कम्युनिस्ट पार्टीका नेता हुकुम सिंहका अनुसार जनयुद्धमा भएका कमिकमजोरी बारे समीक्षा गरिनुपर्ने प्रस्तावका पक्षमा कसैको विमति छैन । तर पूर्वमाओवादी पृष्ठभूमिका नेताहरू विगतमा समीक्षा भइसकेको तर्क गरिरहेका छन् भने पूर्वमसाल पृष्ठभूमिका नेता कार्यकर्ताहरू फेरि समीक्षा गरेर अगाडि बढ्नुपर्ने पक्षमा छन् ।

‘पार्टी एकता हुँदा यी विषयलाई महाधिवेशनमा लगेर टुंगो लगाउने भन्ने भएको थियो’, नेता सिंह भन्छन्, ‘त्यसअनुसार छलफल हुन लागेको हो ।’

मोहन वैद्य किरण २०५२ सालदेखि १० वर्षसम्म चलेको सशस्त्र युद्धको प्रमुखमध्येका एक नेता हुन् । तर उनी शान्ति प्रक्रिया सुरु हुनुभन्दा अगाडि नै जेल परे । शान्ति प्रक्रिया पछाडि पनि २०६९ सालसम्म वैद्य पुष्पकमल दाहाल प्रचण्ड, डा. बाबुराम भट्टराईसहितको माओवादीमै रहे पनि उनी सशस्त्र विद्रोहको पक्षमा थिए ।

२०६९ सालमा तत्कालीन नेकपा एकीकृत माओवादीबाट अलग भएर वैद्यले नयाँ पार्टी बनाए । उनको नेतृत्वमा जनयुद्ध लडेका धेरै शीर्ष नेताहरूले माओवादी संस्थापन छाडेको थियो । तर रामबहादुर थापा बादल, पम्पा भुसाल लगायतका नेताले उनको साथ छाडे भने पछि नेत्रविक्रम चन्द विप्लव समूह पनि टुक्रियो ।

त्यसयता साना कम्युनिस्ट पार्टीहरूसँग एकता गर्दै वैद्य नेतृत्व पार्टी अगाडि बढिरहेको छ । यही क्रममा पूर्वमसाल पृष्ठभूमिका समूह र नेताहरूसँग एकतामा गएसँगै माओवादी जनयुद्धलाई हेर्ने दृष्टिकोणमा मतान्तर देखिएको हो ।

अहिले भइरहेको संघीयताको अभ्यासप्रति पनि पूर्वमसाल पृष्ठभूमिका नेता कार्यकर्ताहरू फरक मत राख्छन् । उनीहरू संघ र स्थानीय तह गरी दुई तहको संरचनाको वकालत गर्छन् । अहिलेको तीन तहको संघीयता खारेज गर्नुपर्ने पूर्वमसाल समूहको दृष्टिकोणसँग माओवादी पृष्ठभूमिका नेताहरू सहमत देखिन्नन् ।

यी तीन विषयमा रहेको फरक मतमा समूहगत छलफल गरेर निचोड निकाल्नेगरी काम भइरहेको र यसका लागि शनिबार नै समूह विभाजन गरेर छलफल अगाडि बढाइने नेता सिंहले जानकारी दिए ।

बिहीबारबाट सुरु भएको महाधिवेशनमा शुक्रबार संयोजक वैद्यको दस्तावेजसँगै नेता सीपी गजुरेलले अन्तर्राष्ट्रिय परिस्थिति बारे दस्तावेज पेस गरे । त्यस्तै, अर्का नेता रामसिं श्रीषले संगठनात्मक प्रस्ताव पेस गरे ।

नेता सन्तबहादुर नेपालीले पर्यावरण र विधानसम्बन्धी छुट्टाछुट्टै प्रस्ताव पेस गरे । हेमन्तप्रकाश वलीले नेपाली कम्युनिस्ट आन्दोलनको इतिहास सम्बन्धी प्रस्ताव पेस गरेको सिंहले जानकारी दिए ।

नेता परि थापाले धर्म संस्कृतिबारे प्रस्ताव पेस गरे भने सिताराम तामाङले आर्थिक नीति सम्बन्धी प्रस्ताव पेस गरे । बाँकी मूल प्रस्ताव शनिवार बिहान ८ बजे बस्ने बन्दसत्रमा पेस हुनेछ ।

त्यसपछि ती दस्तावेजहरूमाथि राखिने फरक प्रस्ताव पेस हुनेछन् । सबै प्रस्तावहरू उपर छलफल गर्नका लागि समूह गठन हुने सिंहले जानकारी दिए ।





Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Translate »
Scroll to Top
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School