वर्तमान अप्ठ्यारो परिस्थीतिमा न्युयोर्कका कानुन व्यवसायी सेडाईद्वारा निशुल्क सल्लाह सेवा



प्रकाशित मिति : पुस २५, २०८१ बिहीबार

वर्तमान अप्ठ्यारो परिस्थीतिमा न्युयोर्कका कानुन व्यवसायी सेडाईद्वारा निशुल्क सल्लाह सेवा

अमेरिकी अध्यागमन नीतिमा हालै भएका परिवर्तनले नेपाली आप्रवासी समुदायमा थप चुनौती थपेको छ। यस्तै कठिन परिस्थितिमा न्यूयोर्कका चर्चित कानुन व्यवसायी केशवराज सेडाईको कार्यालयले निशुल्क सल्लाह सेवा प्रदान गर्ने घोषणा गरेको छ। सेडाईको कार्यालयले अध्यागमन सम्बन्धी सामान्य प्रश्न र समस्याहरूको समाधानका लागि फोनमार्फत निशुल्क परामर्श दिने व्यवस्था गरेको छ।

कानुन व्यवसायी सेडाईले खसोखाससँगको कुराकानीमा भन्नुभयो, “नेपाली आप्रवासीहरूले अहिलेका कठिन परिस्थितिमा विभिन्न समस्याहरूको सामना गरिरहेका छन्। यस्तो अवस्थामा, यदि सानातिना कानुनी प्रश्न वा अन्य जिज्ञासाहरू छन् भने, हाम्रो कार्यालयमा सम्पर्क गरेर सुझाव लिन सकिन्छ। हामीले साना र छिटो समाधान गर्न सकिने विषयहरूमा निशुल्क सल्लाह प्रदान गर्नेछौं।”

यस सेवाको लागि नेपाली आप्रवासीहरूले सेडाईको कार्यालयको फोन नम्बर २१२–५७१–६००२ मा कार्यालय समयमा सम्पर्क गर्न सक्नेछन्। साना र सामान्य प्रश्नहरूको समाधानका लागि अप्वाइन्टमेन्ट लिनु आवश्यक नपर्ने सेडाईले जानकारी दिनुभएको छ। तर, जटिल कानुनी प्रक्रियाहरू, जस्तै: अध्यागमनका लागि फारम भर्नु, आवेदन फाइल गर्नु वा अन्य कानुनी कागजात तयार गर्नुपरेमा भने अप्वाइन्टमेन्ट लिएर कार्यालयमा व्यक्तिगत रूपमा भेट्नुपर्नेछ। वकिलले नै पेपरवर्क गर्नुपर्ने अवस्थामा भने शुल्क तिर्नुपर्ने हुनसक्छ ।

कतिपय नेपाली आप्रवासीहरू फारम भर्नु वा अध्यागमन सम्बन्धी सानातिना प्रक्रियामा अड्किन सक्ने सम्भावना रहेको छ। यस्तो अवस्थामा उनीहरूलाई जानकारी प्रदान गरेर सहज बनाउन सेडाईको कार्यालय तयार रहेको छ। उहाँले थप्नुभयो, “हामी नेपाली समुदायलाई यो कठिन समयमा सकेसम्म धेरै सहयोग गर्न चाहन्छौं। कुनै पनि सामान्य कानुनी प्रश्नका लागि सम्पर्क गर्न नहिचकिचाउनुहोस्।”

यो सेवाले नेपाली आप्रवासी समुदायका लागि ठूलो राहत दिने विश्वास गरिएको छ। निशुल्क सल्लाह सेवाले कानुनी प्रक्रियामा अड्किएका व्यक्तिहरूलाई न केवल तत्काल समाधान प्रदान गर्नेछ, तर कानुनी सुरक्षाको प्रत्याभूति पनि गर्नेछ।





Source link

Leave a Comment

Translate »
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School