प्रकाशित मिति : फाल्गुन २१, २०८१ बुधबार
युक्रेनलाई दिदै आएको युद्धसम्वन्धी गुप्तचर जानकारी दिन अमेरिकाले रोकेको छ । राष्ट्रिय सुरक्षा सल्लाहकार माइक वाल्ट्जले अमेरिकाले युक्रेनलाई दिदै आएको गुप्तचर जानकारी दिन रोकेको बताएका छन ।
यो संँगै अमेरिकाले युक्रेनलाई दिदै आएको समर्थनको भविष्य संकटमा परेको छ । अमेरिकाले गुप्तचर जानकारी युक्रेनलाई नदिएमा रुससँग युद्ध लडिरहेको युक्रेनसेनालाई असर पुराउने निश्चित जस्तै छ ।
ट्रम्प प्रशासनले सबै पक्षको समीक्षा गर्दै यसलाई गुप्तचर जानकारी दिन रोक्ने निर्णय गरेको सुरक्षा सल्लाहकार वाल्ट्जले बताएका हुन ।
फ्रान्सका राष्ट्रपति इमैनुएल म्याक्रोनले पेरिसमा फ्रान्सले अमेरिकी सहयोग बिना पनि अघि बढ्नको लागि तयारी गर्नुपर्ने आवश्यकता देखिएको बताए । उनले भनेका छन ‘हाम्रो पक्षमा अमेरिका रहेनछ भन्ने प्रष्ट भयो अव हामी अमेरिकाको पक्षमा हुनुपर्दछ भन्ने छैन ।’
युरोप नयाँ युगमा प्रवेश गरेको र युरोपले आफ्नो रक्षा खर्च बढाउनुपर्ने आवश्यकता म्याक्रोनले गरेका छन । उनले फ्रान्स, युक्रेन र अन्य देशहरूले एउटा दिगो शान्ति योजना तयार पारेका बताएका छन्।
अमेरिकाले २०२२ मा रूसले युक्रेनलाई हमला गरेपछि प्रारम्भिक चरणदेखि युक्रेनसँग गुप्तचर जानकारी साझा गर्दै आएको थियो । सोमबार अमेरिकी निर्णयले युक्रेनलाई दिदै आएको सैनिक सहायता रोकिएको थियो ।
गत हप्तामा ओवल अफिसमा राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेंस्कीबीचको तनावपूर्ण वार्तापछि सम्बन्ध गम्भीर रुपमा बिग्रिएको छ ।
सीआईएका निर्देशक जोन राटक्लिफले जेलेंस्की शान्ति प्रक्रियामा प्रतिबद्ध छन् कि छैन भन्ने वास्तविक प्रश्न ट्रम्पले उठाएका बताएका छन ।
तीन वर्षदेखि अमेरिकाले लगातार युक्रेनलाई सैन्य सहायता प्रदान गर्दै आएको छ । अमेरिकाले सैन्य र गुप्तचर जानकारी रोक्दा यसको प्रत्यक्ष असर युद्धभूमिमा देखिने छ ।