युक्रेनलाई दिँदै आएको सैन्य सहायता कटौती गर्ने जर्मनीको तयारी



प्रकाशित मिति : श्रावण ३, २०८१ बिहीबार

जर्मनीले अर्को वर्ष युक्रेनलाई दिँदै आएको सैन्य सहायता कटौती गर्ने योजना बनाएको छ । जर्मनीले यसलाई करिब ८ अर्ब युरोबाट घटाएर ४ अर्ब युरोमा पुर्‍याउने तयारी गरेको हो ।

अर्थमन्त्री क्रिस्चियन लिन्डरले जी ७ का देशहरूले रुसको जफत सम्पत्तिबाट ५० अर्ब डलर जुटाउने योजना बनाएको बताएका छन्।

यस योजनाको साथ, निकट भविष्यमा युक्रेनको सहायता सुरक्षित हुने बताइएको छ।

अमेरिकापछि जर्मनी युक्रेनलाई सहायता दिने दोस्रो ठूलो देश हो। सन् २०२४ मा जर्मनीले युक्रेनका लागि करिब ७.५ अर्ब युरो बजेट तोकेको थियो ।

युक्रेन र यसका सहयोगी युरोपेली देशहरूले अमेरिकाले युक्रेनलाई दिँदै आएको सहायता कटौती गर्न सक्ने आशंकामा यो कटौती भइरहेको छ ।

यदी, डोनाल्ड ट्रम्पले नोभेम्बरमा हुने अमेरिकाको राष्ट्रपतीय निर्वाचनमा विजय हासिल गरे भने उनले युक्रेनलाई दिइने सहयोगमा रोक लगाउन सक्ने आशंका गरिएको छ ।

रुस र युक्रेनबीचको यो लडाइ सन् २०२२ को फेब्रुअरीदेखि चलिरहेको छ ।

 

युक्रेनलाई दिँदै आएको सैन्य सहायता कटौती गर्ने जर्मनीको तयारी





Source link

Leave a Comment

Translate »
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School