प्रकाशित मिति : असार ८, २०८१ शनिबार
मिस नेपाल नर्थ अमेरिका २०२४ को लागि शीर्ष २० जना अन्तिम प्रतियोगीहरुको सूची सार्वजनिक गरिएको छ । आयोजक संस्था ड्रिम्स युनिभर्सलका संस्थापक तथा मिस नेपाल नर्थ अमेरिकाका सीईओ सैलेश श्रेष्ठले अमेरिकाका बिभिन्न राज्यहरुबाट सहभागी शीर्ष २० मा पुग्ने अन्तिम प्रतियोगीहरुलाई स्वागत गर्नुको साथै शुभकामना दिएका छन् ।
शीर्ष २० मा पुग्ने प्रतियोगीहरुमा मीनेसोटाकी आयुषा तुलाधर ,टेक्ससकी आदीश्री रेग्मी , नर्थ क्यारोलाईनाकी अन्ना कोइराला ,क्यानडाकी अनु सुबेदी ,न्यूयोर्ककी अस्मिता गिरी ,मिसिगनकी अश्मिता तुलाधर , ओहायोकी दृश्य धिताल ,मेरिल्याण्डकी न्यान्सी क्षेत्री ,न्यूजर्सीकी ओनिकाबानिया ,न्यूयोर्ककी प्रिजा राना ,बोस्टनकी रिजा पुरी ,मेरिल्याण्डकी रुबिना गिरी , मेरिल्याण्डकी रुबी पौडेल ,टेक्ससकी सरिता थागुना ,कोलोराडोकी सर्जु थापा ,जर्जियाकी सोफी पोखरेल ,क्यानडाकी स्वीकृति खड्का ,टेक्ससकी सुजन सुनुवार तथा क्यालिफोर्नियाकी उषा शाह रहेका छन् ।
मिस नेपाल नर्थ अमेरिका हरेक वर्ष अगस्त महिनामा हुदै आएको छ । यस बर्ष पनि अगस्त ३ मा हुने आयोजकले जानकारी दिएका छन् । यस वर्ष पनि न्युयोर्कको मेलरोज बलरुममा हुनेछ ।
यस प्रतियोगितामा नेपालका पूर्व नेपाल सुन्दरी शृंखला खतिवडा ,पूर्व नेपाल सुन्दरी सदीक्षा श्रेष्ठ, कलाकार प्रियंका कार्की लगायतले निर्णायकको भूमिका गरिसकेका छन् । गत बर्ष मिस नेपाल नर्थ अमेरिका २०२३ जुबली शेर्पा भएकी थिइन् । मिस पपुलर २०२४ को लागि अनलाइन मतदान प्रारम्भ गरिएको छ । यस बर्ष देखि अन्तिम ग्राण्ड फिनालेको लागि सिधै १० जना मनोनित हुनेछन् ।
यस बर्ष पनि मिस नेपाल नर्थ अमेरिकाको लागि २०१० की नेपाल सुन्दरी सदिक्षा श्रेष्ठले कोरियोग्राफरको भूमिका निर्वाह गर्ने भएकी छिन् । त्यस्तै मेन्टर तथा र्याम्प वाक ट्रेनर को रुपमा २०१९ की मिस कस्मोपोलिटन प्रिया रानी लामाले भूमिका निर्वाह गर्ने भएकी छिन् ।