पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा चराको बथान, उडान–अवतरण प्रभावित


११ चैत, काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा चराको बथान आएपछि उडान–अवतरण प्रभावित बनेको छ ।

वायु सेवा कम्पनीहरूका अनुसार आइतबार बिहान चराको गतिविधिका कारण विमानस्थल बन्द रह्यो ।

आज यती एयरलाइन्सको काठमाडौं–पोखरा रुटको ६७३ जहाज चराको गतिविधिका कारण पोखरामा अवतरण गर्न नसकी १ घण्टापछि काठमाडौं अवतरण गरेको थियो ।
यतीकै पोखरा–काठमाडौं रुटको ६९० जहाज चराको गतिविधि बढेसँगै ‘डिले’ भएको थियो ।

बुद्ध एयरका उडानहरू समेत प्रभावित बनेका छन् । चराको गतिविधिका कारण आज बिहान १० बजेपछि पनि विमानस्थल खुल्ने र बन्द हुने क्रम जारी छ ।

बिहान साढे ११ बजे केहीबेर खुलेको विमानस्थल अहिले फेरि बन्द छ ।





Source link

Leave a Comment

Translate »
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School