नेपालमा पहिलोपल्ट स्तन क्यान्सरको सफल वंशाणुगत परीक्षण



प्रकाशित मिति : पुस १६, २०८१ मंगलबार

नेपालमा पहिलोपटक स्तन क्यान्सरको वंशाणुगत परीक्षण ‘जिन सिक्वेन्सिङ’ सफल भएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा यसको परीक्षण सफल भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज जनाएको हो ।

मन्त्रालयका अनुसार अबदेखि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा स्तन क्यान्सरको वंशाणुगत परीक्षण गरिनेछ ।

यसअघि यस्तो परीक्षणका निम्ति नमूना भारत पठाउनुपर्ने बाध्यता थियो । प्रयोगशालाले रगत र टिस्युबाट यस्तो नमूना परीक्षण गर्ने जनाइएको छ ।

योसँगै प्रयोगशालाले क्यान्सरसम्बन्धी चार थरीका नमूना परीक्षण नियमित गर्नेछ । भारतमा स्तन क्यान्सरको वंशानुगत नमूना परीक्षणका लागि ६० हजार लाग्ने गरेको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा यो परीक्षण ३० हजारमा हुने स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदिप पौडेलको निजी सचिवालयले जनाएको छ ।





Source link

Leave a Comment

Translate »
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School