प्रकाशित मिति : फाल्गुन २२, २०८१ बिहीबार
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कर्मचारी नियुक्ति र व्यवस्थापनको जिम्मेवारी एलन मस्कको नभएको बताएका छन ।
उनले ओभल हाउसमा पत्रकारसँग कुराकानी गर्दै संघीय सरकारको आकार र खर्च घटाउने मस्कको प्रयासमा पूर्ण समर्थन रहेको भन्दै तर कर्मचारीको नियुक्ती र व्यवस्थापनको जिम्मेवारी भने विभागीय प्रमुखको रहेको उल्लेख गरे ।
ट्रम्पले दक्षता विभागको जिम्मेवारी मस्कलाई दिएपछि उनले गरेका निर्णयले आश्चर्य चकित बनाउने र सन्त्रास फैलाउने काम गरेको भनेर कतिपय विरोधीहरले बताएका छन ।
ट्रम्पले भने तपाईलाई चाहिएको कर्मचारी राख्नुस तर जिम्मेवारी पनि सोही अनुसार निभाउनुस भने । मूल्यवान कर्मचारी महत्वपूर्ण रहेको भन्दै ट्रम्पले ति कर्मचारीहरुलाई राखिने बताए ।
ट्रम्पले हरेक २ हप्तामा हुने बैठकमा सम्पन्न भएको कामको समीक्षा र आगामी कामका लागि योजना बनाइने बताए । मस्कलाई अझै एजेन्सीहरूको कटौतीका लागि सिफारिस गर्न भनिएको छ ।
ट्रम्पले विभाग प्रमुखहरूले पर्याप्त कर्मचारी कटौती गरेनन भने अरबपति मस्क नै हस्तक्षेप नै गर्ने बताए । तर अन्ततः, ट्रम्पले आफ्नो टोलीलाई भनेकी सिनेटले प्रमाणित गरेका क्याबिनेट सदस्यहरूलाई अन्तिम निर्णय लिने अधिकार छ ।
कर्मचारी व्यवस्थापन एजेन्सी प्रमुखहरूको लागि मुख्य चिन्ताको विषय बनेको छ । पछिल्ला केहि हप्तामा मस्कको प्रयासका बीच गुनासाहरू उठेका छन् ।
केहि हप्तादेखि ह्वाइट हाउसका प्रमुख कर्मचारी सुसि वाइल्सले रिपब्लिकन र व्यवसायी नेताहरूको बीच बढ्दो आलोचनालाई ध्यान दिएर मस्कसँगको सम्बन्धमा पुर्नविचार दिन सल्लाह दिएको बताइन ।