ट्रम्पद्वारा अध्यागमन कारवाही लगायत १ सयवटा कार्यकारी आदेशको तयारी



प्रकाशित मिति : पुस २५, २०८१ बिहीबार

ट्रम्पद्वारा अध्यागमन कारवाही लगायत १ सयवटा कार्यकारी आदेशको तयारी

नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्प र शीर्ष सल्लाहकारहरूले सिनेट रिपब्लिकनहरूसँगको बैठकमा १०० कार्यकारी आदेशहरूको लागि महत्वाकांक्षी योजनाहरूको पूर्वावलोकन गरेका छन् । संसदले आफ्नै आक्रामक बिलका योजनाहरूमा चाल्ने चालहरूबारे छलफल गर्दा ट्रम्पले कार्यकारी आदेशहरु जारी गर्ने तयारी गरेका हुन् ।

रिपब्लिकन सिनेटरहरुलाई १०० कार्यकारी आदेशहरूको पूर्वावलोकन गर्न दिइएको जनाइएको छ । ट्रम्पका अध्यागमन सल्लाहकार स्टेफन मिलरले कसरी पहिलो दिनदेखि नै सीमा र अध्यागमनलाई सम्बोधन गर्न कार्यकारी शक्ति प्रयोग गर्ने भन्नेबारे योजना बनाइरहेका छन् ।

कार्यकारी आदेशमा टाइटल ४२ को पुनस्थार्पना समेत रहेको जनाइएको छ । महामारीको बेलामा ल्याइएको यो सार्वजनिक स्वास्थ्य नीतिले सीमामा आप्रवासीहरूलाई एसाइलमको अवशर विना नै द्रुत देशनिकालाको लागि अनुमति दिन्छ । राष्ट्रपति बाइडेनले यो नीति खारेज नगर्दासम्म लाखौंलाई यो नीति अन्तरगत सिमाक्षेत्रबाट फर्काइएको थियो ।

ट्रम्पद्वारा अध्यागमन कारवाही लगायत १ सयवटा कार्यकारी आदेशको तयारी
डोनाल्ड ट्रम्प रिपब्लिकन नेतृत्वसँगको बैठक पछि पत्रकारहरूसँग कुरा गर्दै।  (एपी फोटो / जोस लुइस मागाना)

ट्रम्पले थप आक्रामक रूपमा अध्यागमन र राष्ट्रियता ऐन २८७ जीको एक भाग प्रयोग गर्ने जनाइएको छ । जसले केही राज्य र स्थानीय कानून प्रवर्तनलाई कागजातविहिनको देशनिकालामा सहयोग गर्न अनुमति दिन्छ।

ट्रम्पले कार्यभार सम्हालेको पहिलो दिनमा नै २५ वटा कार्यकारी आदेशमा हस्ताक्षर गर्ने बताएका छन् । तर ती आदेशहरु के के हुने भन्नेबारे अझै स्पष्ट नभएपनि अधिकांश आदेशहरु अध्यागमनसँग सम्बन्धित हुने अनुमान गरिएको छ ।

ट्रम्पले उर्जा सम्बन्धि र क्यापिट हिल दंगामा सहभागीलाई क्षमादान दिने लगायतका कार्यकारी आदेशमा समेत हस्ताक्षर गर्ने अपेक्षा गरिएको छ । सबैभन्दा विवादास्पद विषय भने ट्रम्पले अमेरिकी भूमिमा जन्मेका कागजात नभएका आप्रवासीका छोराछोरीलाई स्वतः नागरिकता दिने प्रावधान अन्त्य गर्ने वाचा गरेका छन्। उनले कार्यकालको पहिलो यसबारे कार्यकारी आदेशमा हस्ताक्षर गर्ने चुनावी प्रचारका बेलामा वाचा गरेका थिए ।





Source link

Leave a Comment