ट्रम्पको ट्यारिफ योजनाअघि बजार सतर्क, नयाँ गाडीहरूको बिक्री झण्डै ५ प्रतिशतले वृद्धि



प्रकाशित मिति : चैत्र २०, २०८१ बुधबार

अमेरिकामा पहिलो त्रैमासिक अवधिमा नयाँ गाडीहरूको बिक्री ४ दशमलव ८ प्रतिशतले वृद्धि भएको छ। वाड्स इन्टेलिजेन्सद्वारा मंगलबार सार्वजनिक गरिएको तथ्याङ्क अनुसार, कूल ३ दशमलव ९१ मिलियन गाडी बिक्री भएका छन्। राष्ट्रपति डोनाल्ड ट्रम्पको अटो आयातमा प्रस्तावित २५ प्रतिशत भन्सार शुल्क लागू हुनुअघि धेरै खरिदकर्ताहरूले गाडी किन्न हतार गरेको अनुमान गरिएको छ।

जनरल मोटर्स (जिएम) ले १७ प्रतिशत बिक्री वृद्धि गर्दै शीर्ष स्थान ओगटेको छ। कम्पनीको क्रसओभर एसयूभीहरू, विशेषगरी दक्षिण कोरियामा निर्माण गरिएका शेभ्रलेट ट्र्याक्स जस्ता मोडेलहरू उपभोक्ताबीच लोकप्रिय भएका छन्। उता, विद्युतीय गाडीहरूको बिक्री पनि १९ दशमलव २ प्रतिशतले वृद्धि भएको छ, यद्यपि टेस्लाको डेलिभरी संख्यामा भने गिरावट आएको छ ।

‘अटोमोटिभ भन्सार शुल्कहरू अप्रिल २ देखि लागू हुने भएकाले केही उपभोक्ताहरूले गाडी खरिद अघि सारेको देखिन्छ’, अटो विश्लेषक जेसिका काल्डवेलले भनिन्। अप्रिल २ देखि लागू हुने भन्सार शुल्कका कारण गाडीको मूल्य हजारौँ डलरले वृद्धि हुन सक्ने विश्लेषण गरिएको छ, जसले बजारमा सस्तो आयातित गाडीहरूको संख्या घटाउने सम्भावना रहेको छ।

ट्रम्पको ट्यारिफ योजनाअघि बजार सतर्क, नयाँ गाडीहरूको बिक्री झण्डै ५ प्रतिशतले वृद्धि

ट्रम्पको ट्यारिफ योजनाअघि बजार सतर्क, नयाँ गाडीहरूको बिक्री झण्डै ५ प्रतिशतले वृद्धि

फोर्ड मोटरले १ दशमलव ३ प्रतिशत बिक्रीमा गिरावट देखाएको छ, जबकि टयोटा, हुन्डाई, माज्दा, र होन्डाले सकारात्मक वृद्धि दर्ता गरेका छन्। हुन्डाई मोटर उत्तर अमेरिकाका सीईओ रान्डी पार्करका अनुसार, ‘गएको सप्ताहन्त बिक्रीको हिसाबले हालसम्मकै उत्कृष्ट रह्यो। धेरै ग्राहकहरू भन्सार शुल्क लागू हुनुअघि गाडी किन्न आए।’

विश्लेषकहरूका अनुसार, यदि भन्सार शुल्कका कारण गाडीको मूल्य बढ्यो भने २०२५ मा नयाँ गाडीहरूको बिक्रीमा गिरावट आउन सक्छ।

यो पनि पढ्नुहोस् :

किन ग्राहकले रुचाउनै छाडे एलन मस्कको ‘टेस्ला’ ? १३ प्रतिशतले घट्यो कारोबार

ट्रम्पको ट्यारिफ योजनाअघि बजार सतर्क, नयाँ गाडीहरूको बिक्री झण्डै ५ प्रतिशतले वृद्धि





Source link

Leave a Comment

Translate »
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School