जहाँ विद्यार्थीहरू घर भन्दा स्कुलमै समय बिताउन रुचाउँछन्


स्कुल होस् त बज्र बाराही एकेडेमी जस्तो जहाँ विद्यार्थीहरू घरमा बस्नु भन्दा स्कुल जान मरिहत्ते गर्छन् भन्ने चर्चा अहिले ललितपुरको दक्षिण भोगमा निकै छ ।

स्कुलमा प्रवेश गर्दा नै शिक्षकहरू मूल गेटमै उभिएर मुस्कानसहित दुई हात जोडेर नमस्कार गर्ने सोही शैलीमा विद्यार्थीले नमस्कार फर्काउने संस्कारले त आकर्षण गरेकै छ तर त्यो भन्दा पनि मुख्य स्कुलको वरिपरिको रमणीय वातावरणले बालबालिकालाई विद्यालयमा आकर्षण गर्ने वातावरण बनाएको छ ।

ललितपुरको बज्र बाराहीमा रहेको बज्र एकेडेमीमा अध्ययन गर्ने विद्यार्थीहरू घर भन्दा बढी समय स्कुलमै बिताउन रुचाउँछन् । गुरुहरूको अभिभावकत्वमा सुरक्षित महसुस हुने र विद्यालयको रमणीय प्रकृति सुन्दर वातावरणले घरबाट स्कुलसम्म आफै तानिने गर्छन् विद्यार्थीहरू । त्यसैले त कक्षा १० का विद्यार्थी ओम सुवालले आफू बिरामी हुँदा पनि घरबाट भागेर स्कुल जाउँ जाउँ लाग्ने गरेको अनुभव सुनाए ।

‘स्कुलका सर मिसहरूले हाम्रो समस्या बुझेर हामीलाई आफ्ना छोराछोरी जस्तै गरी माया गरेर पढाउनु हुन्छ । खना तथा खाजा खाए नखाएको । कस्तो किसिमको खाना खाएको समेत शिक्षकहरूले सोध्नु हुन्छ ।यस कारण मलाई घर भन्दा स्कुलमै आउन रमाइलो लाग्छ ,’ १४ वर्षीय ओमले नागरिकसँगको भेटमा भने,‘म त बिरामी हुँदा पनि घरमा बस्न मन लाग्दैन । बरु घरमा दिक्क लाग्छ ।’ उनले खुसी साटे,‘स्कुलमा आएपछि बिरामी पनि हराउँछ ।’

ओम मात्र होइन उनी जस्ता धेरै विद्यार्थी छन् बज्र एकेडेमी जो स्कुलमा नै अधिक समय बिताउन् रुचाउँछन् । स्कुल भित्रका शिक्षक मात्र होइन कर्मचारी र बालबालिकाहरूमा पनि मिलनसार व्यवहारले स्कुलको शिक्षण सिकाइलाई समेत सकरात्मक प्रभाव पारेको छ ।

विशाल धार्मिक र वातावरणीय मूल्यहरूको वरपर रहेको बज्र बाराहीको शान्त र तीर्थस्थलको गोलार्धमा अवस्थित गैर नाफामुखी विद्यालय हो बज्र एकेडेमी ।

शुल्कको हिसाबले पनि सस्तो र सर्वसुलभ शुल्कमा आफूहरूले गुणस्तरीय शिक्षा पाउँदाको खुसी साट्छिन् सुनिता महर्जन ।‘म पहिले अर्कै स्कुलमा पढ्थे जहाँको वातावरणले मलाई स्कुल जानै मन लाग्दैनथ्यो । तर एक जना साथीको सल्लाहमा मैले कक्षा ८मा बज्र एकेडेमीमा पढ्ने भनेर ममीलाई भनेर भर्ना भए,’ सुनिताले नागरिकसँगको भेटमा भनिन्,‘जब म बज्र एकेडेमी आए स्कुलका गुरुहरूको अभिभावकत्वमा आफूलाई सुरक्षित महसुस गरे । शून्य सजायको सिद्धान्त रहेछ यहाँ ।बरु मलाई स्कुलबाट घर जान मन लाग्दैन । स्कुलमै बस्न रमाइलो लाग्छ ।’

०६२ सालदेखि स्थापना भएको बज्र एकेडेमी विद्यालयमा बालबालिकाको शिक्षा, दीक्षाकासाथै स्वास्थ्य, मनोविज्ञान, पारिवारिक वातावरण बुझेर गरिबी निवारणमा समेत काम गर्दै आएको छ । विद्यार्थीमैत्री वातावरणकै कारण विद्यालयमा विद्यार्थीहरू आकर्षित भइरहेको सुनाउँछन् ।

कक्षा ८ की अरुषा केसीलाई स्कुलमा किताबी ज्ञानसाथै रोपाइँ गर्ने, कम्पोस्ट मल बनाउने,बायो ग्याँस बनाउने, धान काट्ने जस्ता स्कुलमा गराइने क्रियाकलाप स्कुल तर्फ माहित गरेको सुनाउँछिन् ।

आफ्नो स्थापनाको दुई दशक देखिनै देशमा हरित विद्यालयहरूको विचारलाई अग्रणी बनाउँदै नेपालमा फरक किसिमको गुणस्तरीय शिक्षा प्रदान गर्ने लक्ष्य लिएर विद्यालय स्थापना गरेको सगरमाथा संवादका प्यानलिस्ट एवं वज्र एकेडेमीका संस्थापक मार्टिन ओल्थोपले बताए ।

‘विद्यालय स्थापना भएदेखि नै देशमा हरित विद्यालयको विचारलाई अग्रणी बनाउँदै हामी अगाडि बढ्यौँ,’ संस्थापक ओल्थोपले भने,‘ललितपुरको दक्षिण भेगमा १६ रोपनी जग्गामा फैलिएको स्कुलको हरियाली वातावरण नै मुख्य विशेषता हो ।अब हामी यस क्षेत्रमा गुणस्तरीय शिक्षा प्रदान गर्ने हरित र पर्यावरण–मैत्री विद्यालयको नेतृत्व गरिरहेकोमा सन्तुष्टि मिलेको छ।’उनले थपे,‘अहिलेसम्म हामी नेपालको एक मात्र परिवर्तनकारी विद्यालयको रुपमा अशोका, संयुक्त राज्यको अमेरिकाद्वारा प्रशासित भएकोमा समान रुपमा गर्व गर्दछौँ ।’ कक्षा १० सम्म पढाइ हुने यस विद्यालयमा हाल चार सय विद्यार्थी अध्ययनरत छन् ।

सगरमाथा संवादका सहभागी अन्तर्राष्ट्रिय विज्ञहरूले मौसम परिवर्तनबाट उत्पन्न दुष्परिणामबाट जोगिन तथा नेपालले लिएको कार्बन उत्सर्जन सम्बन्धी लक्ष्य प्राप्त गर्न विद्यालय तहकै अध्ययन अध्यापन शैली पर्यावरण मैत्री बनाउनु पर्ने विचार व्यक्त गरेका छन् ।

आइबार संवादको तेस्रो दिन राजधानीको ललितपुरमा रहेको बज्रबाराही स्थित पर्यावरण मैत्री विद्यालय वज्र एकेडेमीको भ्रमणमा पुगेका विज्ञहरूले विद्यार्थीलाई प्रारम्भिकदेखि नै प्राकृतिक र जैविक वस्तुसँग परिचित र अभ्यस्त बनाउनु पर्नेमा शिक्षण सिकाई समेत गराए ।

कार्यक्रममा सगरमाथा संवादका करिब एक सय सहभागीलाई देशकै नमुनायोग्य हरित विद्यालय मानिएको वज्र एकेडेमीको भ्रमण गरेका थिए ।

भ्रमणमा सहभागी विज्ञलाई सगरमाथा संवादका प्यानलिस्ट एवं वज्र एकेडेमीका संस्थापक मार्टिन ओल्थोपले विद्यालयमा गरिएको पर्यावरण मैत्री पठनपाठन तथा क्रियाकलाप बारे जानकारी गराएका थिए ।

उनका अनुसार हरियालीले भरिपूर्ण विद्यालय परिसरको विकास, सौर्य ऊर्जामा आधारित बाफलाई मुख्य इन्धनको रूपमा प्रयोग गरिने भान्सा घर, गौ पालन, गाइको गोबर र छात्रावासको मलमा आधारित वायो ग्यास , अर्ग्यानिक तरकारी थ्था जडीबुटी खेती , मौरी पालन , वर्षातको पानी सङ्कलन , विद्यालय मा जैविक खाना ––खाजा, पर्यावरण मैत्री फोहर व्यवस्थापन र हरित मैत्री पाठ्यसामग्रीको प्रयोग गरिएको जानकारी दिए ।

विद्यालयले विद्यार्थीलाई नजिकैको स्थानीय निकायसँगकाे सहकार्यमा पर्यावरण मैत्री क्रियाकलापमा समेत सहभागी गराउँदै आएको छ । विद्यालयका कार्यकारी निर्देशक माझ इको क्लब गठन गरी यसमार्फत पर्यावरणका पक्षमा लगाउन समेत थालिएको जानकारी दिए।

एकेडेमीका प्रमुख ट्रस्टी डोरबहादुर भण्डारीले विद्यालयमा शिक्षकहरूले विद्यार्थीको समस्या पहिचान गरी शिक्षण सिकाई गराउनुका साथै ब्यवहारिह सिकाई गराउने शिक्षण सिकाई प्रणालीले अभिभावक र विद्यार्थीको मन जितेको बताए। नागरिककर्मी विद्यालयमा पुग्दा विद्यार्थीहरू सगरमाथा संवादका पाहुनाहरूलाई रामायण नाटक मञ्चन गरी चकित पारेका थिए ।

‘विद्यार्थीलाई धान मकै आदि खेती गर्न लगाएर हावा पानी र माटो चिनाउने गरेका छौँ’ , उनले भने ,‘किताबी पढाइबाट बोर भएका विद्यार्थीहरूलाई वातावरणमैत्री खुला आकाश मुनि खेती पाती गराउँदै पढाउँदाको अनुभव अमूल्य छ ।’ ओल्थोपले थपे,‘विद्यार्थीको दैनिक जीवनसँग जोडिएका धर्म, संस्कृति र संस्कार विद्यालयमा सिकाइन्छ । यसले बालबालिकाको सिकाई स्तर उच्च बनेको छ । अगामी दिनमा सातै प्रदेशमा एक ÷एक वटा बज्र एकेडेमी स्थापना गर्ने योजना छ ।’

वज्र फाउन्डेसन द्वारा पर्यावरण मैत्री विद्यालय चलाउने उद्देश्यले २० वर्ष अघि स्थापित वज्र एकेडेमीले फर्क शैलीको पठन पाठन सुरु गरेको थियो । यस्तो शैलीको पठन पाठनलाई अब प्रदेश स्तरमा समेत विस्तार गरिने जानकारी एकेडेमीका प्रमुख ट्रस्टी डोरबहादुर भण्डारीले दिए।

प्रकाशित: ८ जेष्ठ २०८२ १४:५६ बिहीबार





Source link

Leave a Comment

Translate »
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School