गाजामा १५ जना आपतकालीन उद्धारकर्मीहरू मारिनुमा कमजोरी भएको इजरायलद्वारा स्वीकार



प्रकाशित मिति : बैशाख ७, २०८२ आईतबार

गाजामा आपतकालीन उद्धारकर्मीहरूको हत्याबारे इजरायली सैन्य बलले कमजोरी स्वीकार्दै दुई अधिकारीमाथि कारबाही गरेको छ ।

गाजा क्षेत्रमा गत महिना १५ जना आपतकालीन उद्धारकर्मीहरूको हत्या भएको घटनामा इजरायली सेनाले ‘व्यावसायिक असफलता’ भएको स्वीकार गरेको हो ।

इजरायल डिफेन्स फोर्स (आईडीएफ) द्वारा गरिएको अनुसन्धानले “सञ्चालनगत गलतसुचना ” र “आदेशको उल्लंघन” सहित थुप्रै कमजोरीहरू भएको निष्कर्ष निकालेको हो ।

गाजामा १५ जना आपतकालीन उद्धारकर्मीहरू मारिनुमा कमजोरी भएको इजरायलद्वारा स्वीकार

गाजामा १५ जना आपतकालीन उद्धारकर्मीहरू मारिनुमा कमजोरी भएको इजरायलद्वारा स्वीकार

घटनामा संलग्न इकाईका उपकमाण्डरलाई “अपूर्ण र गलत प्रतिवेदन दिएको” भन्दै पदबाट हटाइएको छ ।

तर प्यालेस्टाइन रेडक्रस सोसाइटी की प्रवक्ताले उक्त प्रतिवेदनलाई ‘अवैध’ भनेकी छन् । उनले यो प्रतिवेदनले घटनालाई फौजी नेतृत्वको व्यक्तिगत गल्तीमा मात्र सीमित पार्दै दोषबाट उन्मुक्ति दिन खोजेको भन्दै वास्तविकता बिल्कुलै फरक रहेको दावी गरेकी छन ।

२३ मार्चमा रेडक्रस का एम्बुलेन्सहरू, एक संयुक्त राष्ट्रसंघीय सवारी र दमकल गाडीको समूह गाजामा इजरायली सेनाको गोलीबारीमा परेपछि १४ जना आपतकालीन उद्धारकर्मी र एक राष्ट्रसंघीय कर्मचारीको ज्यान गएको थियो ।

आईडीएफ को भनाइ अनुसार उनका सैनिकहरूले ती सवारीहरूलाई ‘सत्रु समूह’ को खतरा भनी भ्रममा परेर गोली चलाएका थिए । आईडीएफ ले गरेको अनुसन्धानले मृतकमध्ये ६ जना हमासका सदस्य रहेको दाबी गरेको छ ।

अनुसन्धानकर्ता मेजर जनरल योआव हार एभेनले पत्रकारहरूसँग १५ मध्ये ६ जना हमासका सदस्य थिए र उनीहरूको नाम सार्वजनिक गरिने बताएका छन ।

गाजामा १५ जना आपतकालीन उद्धारकर्मीहरू मारिनुमा कमजोरी भएको इजरायलद्वारा स्वीकार

प्रतिवेदन अनुसार घटना ूअत्यन्त खतरनाक युद्ध क्षेत्रू मा भएको थियो । त्यहाँका कमाण्डरले ती सवारीहरूलाई छिटो गतिमा नजिकिँदै गरेको देखेपछि खतरा ठानेका देखिन्छ ।

आईडीएफ ले घटनाका लागि ‘कम देखिने रातको अवस्था’ लाई दोष दिएको छ । कम उज्यालोका कारण सवारीलाई एम्बुलेन्स भनेर चिन्न नसकिएको जनाइएको छ ।

इजरायलले सुरुमा ती सवारीहरू रातको अँध्यारोमा बिना हेडलाइट वा संकेत बिना नजिकिएका कारण गोली चलाइएको दावी गरेको थियो ।

घटनामा मारिएका १५ जना उद्धारकर्मीहरूको शव बालुवामा पुरिएको थियो ।





Source link

Leave a Comment

Translate »
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School