कदाचित ड्र्यागनलाई चोट पुग्नै हुन्न : RajdhaniDaily.com


संविधानमा चुच्चे नक्सा समावेश गरिँदाको समय कतिलाई याद छ ? राष्ट्रियताको भावनाले उफान मारेको थियो । त्यो नक्सा संविधानमा समावेश गरेकामा जस लिन होड नै चलेको थियो । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली त राष्ट्रिय महानायक नै बनेका थिए । ओली त ओली नै भइहाले, तत्कालीन एक मन्त्री पद्मा अर्यालसमेत अद्वितीय नायिकाका रूपमा चित्रित भएकी थिइन् । स्वाभाविक नै मान्नुपर्ला ! त्यत्रो पुरुषार्थ गरेकामा स्तुतिगान हुनैपथ्र्यो । कुनै दिन त्यस नक्सामा अंकित भूभाग साँच्चिकै नेपालले उपभोग गर्न पाउने दिन आउला कि त्यो दिवास्वप्न मात्र रहनेछ ? कसैलाई थाहा छैन । साँच्चिकै उपभोग गर्न पाइने भयो भने हामी कति खुसी हुनेछौं होला ! कल्पना गर्न पनि गाह्रो छ ।

समग्रमा हामी नेपाली स्वभावैले भारतविरोधी हौं । भारतको बल मिच्याइँ गर्ने ‘ठूल्दाइ’ प्रवृत्ति धेरै हदसम्म यसका लागि जिम्मेवार छ भन्दा फरक नपर्ला ! लामो समय अंग्रेजको कमजोर दासका रूपमा रहेको भारतीय मनोवृत्ति र अझ विशेष रूपमा भन्ने हो भने भारतीय राजनीतिज्ञ र कर्मचारीतन्त्रको त्यही मानसिकताका कारण स्वतन्त्रता पछाडि आफ्ना ’roundका साना छिमेकीप्रति पनि ‘मालिक’ बनेर कजाउनु आफ्नो नैसर्गिक स्वाभाविक हक हो भन्ने निको नहुने मनोरोग विकसित भएको पाइन्छ भन्दा अत्युक्ति नहोला । यति सब भन्दाभन्दै हामी आफैं पनि यसका लागि कम दोषी छैनौं भन्नुपर्ने अवस्थाचाहिँ छ । जेसुकै होस्, नेपालमा गहिरो रूपमा भारतविरोधी भावनाले जरो गाडेको छ । यो धु्रवसत्य हो र यो त्यति अस्वाभाविक भन्न मिल्ने अवस्था पनि पटक्कै होइन ।

नेपालीहरूमा भारतविरोधी भावना फैलिनु धेरै अस्वाभाविक होइन भन्दा भन्दै पनि यस भावनाको प्रस्फुटन हुँदैगर्दा देखिएका कतिपय प्रवृत्तिचाहिँ अनावश्यक मात्र होइन, नितान्त गलत नै देखिन्छ । पक्का नेपाली हुन वा भनौं देशभक्त नेपाली हुन नेपाल र नेपालीको शतप्रतिशत भलो चाहने आचार र व्यवहार हुनु आवश्यक छ । तर, नेपालको भलो र हित जेजस्तो भए पनि जति ठूलो स्वरले भारतलाई गाली गर्न सकियो, त्यति राष्ट्रवादी होइन्छ भन्ने मान्यता जायज हो र ? अझ भारत हाम्रो शत्रु हो र त्यो एक लोकतान्त्रिक मुलुक भएको कारणले लोकतान्त्रिक विश्वको विपक्षमा उभिनु हाम्रो राष्ट्रभक्ति हो भन्ने सोच राख्नु कहाँसम्म उचित हो ? अझ एक कदम अगाडि बढेर जनवादी गणतन्त्र चीनले कहिल्यै अर्घेलो गर्दै गर्दैन भन्ने मान्यता राखेर चीनको अन्धो प्रशस्तीगानमा व्यस्त रहनुलाई के भन्ने ?

हाम्रा बहालवाला प्रधानमन्त्री ओलीले संसद्को रोस्ट्रममा उभिएर भारतको राष्ट्रिय प्रतीकलाई अपमानजनक भाषा प्रयोग गरेर ‘सिंहमेव जयते’ भनेको धेरैलाई याद होला । राम नेपालमा जन्मेको भन्ने जस्ता बेतुकका वाहियात कुरा गर्नुको तुक के छ ? अहिले पनि ओलीबाट प्रेरित भएर द्वादश ज्योतिर्लिंग नेपालमै छ भन्ने अर्थ नभएका हल्ला फैलाउने जमात छ ।

यस टिप्पणीको सुरुवात चुच्चे नक्साबाट गरेको थिएँ । अब पुनः त्यहीँ फर्किन चाहन्छु । कालापानी, लिम्पियाधुरा र लिपुलेक निःसन्देह नेपालको भूमि हो । कालापानीको छेउतिरको एउटा सानो खोल्सालाई काली नदी नामकरण गरेर त्यसको पश्चिमतिर पर्ने यस क्षेत्रलाई भारतले आफ्नो बनाएको हो । तर, हामीले चुच्चे नक्सा प्रकाशित गरे पनि त्यस भूभागको वास्तविक कब्जा पाउने अवस्थाचाहिँ देखिएको छैन

द्वादश ज्योतिर्लिंगभन्दा उच्च तहको स्वयम्भू, महाज्योतिर्लिंग पशुपतिनाथ नेपालमा छ भन्नतिर लाग्नुभन्दा अन्यथा कुरा फैलाउन खोज्नु भनेको भारतलाई चिढाउँदा पक्का नेपाली होइन्छ भन्ने मानसिकताभन्दा बढी केही होइन । ऋषि विश्वामित्रको तपोभूमि कौशिकी अर्थात् कोशी क्षेत्र हो र श्रीरामले सम्पूर्ण शस्त्र विद्या ऋषि विश्वामित्रबाट यही भूमिमा प्राप्त गरेका हुन् भन्ने कुरा हामी कहिल्यै गर्दैनौं । लवकुशको लालनपालन र शिक्षा सबै नेपालमै भएको हो भन्ने कुरा पनि हामी बोल्दैनौं ! हामी नेपालको गौरब बढाउन र नेपाललाई माया गर्नुभन्दा भारतलाई गाली गरेरै राष्ट्रवादी नेपाली भएको प्रमाणपत्र प्राप्त गर्न लालायित देखिन्छौं ।

एमसीसी पारित गर्ने बेलाका दृश्यहरू सम्झौं त ! त्यहीँ परको डाँडामा अमेरिकाले छावनी बनाउन थालिसकेका कथाहरू यत्रतत्र फैलिएको थियो । घरघरमा राखिएको स्मार्ट मिटरबाट प्रत्येक घरको बिजुली विद्युत् प्राधिकरणले नियन्त्रण गरेझैं अमेरिकाले सम्पूर्ण ट्रान्समिसन लाइन नियन्त्रण गरेर त्यहाँबाट मिसाइल प्रक्षेपण गर्छ भन्नेसम्म हौवा फिँजाइयो ।

अमेरिकी सेनाको बुट नेपालमा बज्रने देखि लिएर नेपाली छोरी बुहारीहरू असुरक्षित भएको सम्म भन्न भ्याए । अझै पनि ‘एमसीसीजस्तो राष्ट्रघाती सम्झौता’ भन्ने बकवास गर्न पनि महान् राष्ट्रबादीहरू पछि पर्दैनन् । छिमेकी चीनले हाम्रो केही भूभाग ओगटेको भन्ने समाचार आउँदा ‘चीनले त्यस्तो अर्घेलो गर्नै सक्दैन’ खाले एकसुरे दन्तबजान गर्दा पनि ‘देशभक्त राष्ट्रवादीहरू’लाई पटक्कै लाज लागेन र लाग्दैन । यस्ताखाले परिदृश्य किन देखा प¥यो ? सिधा उत्तर छ– चीनको अन्धोभक्ति गर्नु भनेको देशभक्ति हो भन्ने अनौठो मानसिक रोग यी ‘राष्ट्रवादी’हरूलाई छ । एमसीसीजस्ता परियोजना लागू भएर नेपालमा अमेरिकाको छवि उज्यालियो भने त मालिक चीनको प्रभाव घट्छ भन्ने पिरलोले ग्रस्त छ यी दासहरूको दिमाग । तर, रमाइलो कुराचाहिँ यसैलाई यी मानवहरू देशभक्ति भन्ठान्छन् !

यस टिप्पणीको सुरुवात चुच्चे नक्साबाट गरेको थिएँ । अब पुनः त्यहीँ फर्किन चाहन्छु । कालापानी, लिम्पियाधुरा र लिपुलेक निःसन्देह नेपालको भूमि हो । कालापानीको छेउतिरको एउटा सानो खोल्सालाई काली नदी नामकरण गरेर त्यसको पश्चिमतिर पर्ने यस क्षेत्रलाई भारतले आफ्नो बनाएको हो । तर, हामीले चुच्चे नक्सा प्रकाशित गरे पनि त्यस भूभागको वास्तविक कब्जा हामीले पाउने अवस्थाचाहिँ देखिएको छैन । साँच्चिकै नेपालले त्यस भूभागको उपभोग गर्न कहिले पाउला भन्ने प्रश्नको जवाफ वास्तवमा सहज छैन । त्यस’bout एउटा लामै विश्लेषणात्मक आलेख तयार हुन सक्छ । आज उठाउन खोजिएको विषयवस्तु अर्कै हो ।

हालै भारत र चीनले त्यस भूभागलाई द्विपक्षीय व्यापारिक र यात्रु आदानप्रदानको बिन्दु बनाउने सहमति गरेछन् । छैन त अनौठो ? नेपालले आफ्नो भनेर बलियो ढंगले दाबी गरिरहेको एवं नेपाली भावना जोडिएको संवेदनशील क्षेत्र ! अनि सहमतिचाहिँ चीन र भारतबीच ! यसको अर्थ हो हाम्रो भरपर्दो हितचिन्तक मित्र चीनले पनि त्यसलाई नेपाली भूमि मानेन ! नेपाललाई साक्षीसम्म राख्न पनि आवश्यक ठानेन । भारत त भारतै भो ! विस्तारवादी र अमेरिकी साम्राज्यवादका दलाल आदि इत्यादि ! चीनले त्यसो किन ग¥यो ? कतै गल्ती हाम्रै पो हो कि ? चीनजस्तो न्यायप्रेमी समाजवादी मुलुकले कुरै बुझेन कि ? बुझिनसक्नु छैन त ?

यहाँनेर अचम्म लागेको विषयचाहिँ के हो भने हाम्रा महान् देशभक्त सबै चुपचाप छन् । ‘राष्ट्रिय स्वाधीनता, स्वाभिमान र अखण्डता’को नारा घोक्रो सुक्नेगरी चिच्याउने र भारतलाई धारेहात लगाउँदै सराप्ने अनि आमजनताको कोमल भावनामा खेलेर भोट बटुल्ने देशभक्तहरू किन एक शब्द बोल्दैनन् ? अहिले ओली प्रधानमन्त्री छन् ! सिंहमेव जयते एकपटक किन दोह¥याउँदैनन् ? सिंहमेव जयते भनेर भारतलाई गिज्याउँदै गर्दा ड्र्यागन पनि घाइते हुन्छन् भन्ने पीर त होइन ? ड्र्यागन घाइते भयो भने देशद्रोह नै हुने पो हो कि ! नेपालको स्वाधीनताका लागि आफू मेटिनसमेत तयार रहेको अभिव्यक्ति दिने पश्चिमका रावल कामरेडको मुख किन बन्द ? उनले मुख खोल्दा थुकका बाछिटा उत्तरेश्वर प्रभुको मुहारतिर पर्ला भन्ने डरले त्राहीत्राही पो बनेका हुन् कि ! एमसीसीका बेला अमेरिकी साम्राज्यवादबाट नेपाललाई जोगाउन आतुर हुँदै रिसले थरथर काम्दै टेलिभिजनमा आएर बोल्ने सदाबहार भारतविरोधी पूर्वप्रधानमन्त्री खनाल कामरेड किन चुप छन् ? यहाँ पनि पिरलो त्यही चीन क्रुद्ध होला भन्ने पीर हो कि ? म यहाँ कांग्रेस वा मधेसवादी जस्ताका ’boutमा कुरा गर्दै छँदै छैन ! उनीहरूलाई त भारत अमेरिका परस्त अराष्ट्रियको बिल्ला सदासर्वदा लागेकै छ । राप्रपा वा ग्रेटर नेपाल अभियन्ता भनाउँदाका ’boutमा उल्लेखसम्म त गर्नै पर्ला कि ! वास्तवमा मलाई पनि डर लागेको छ ! कतै मैले पनि राष्ट्रभक्तिको सीमा नाघें कि ?

(Visited 19 times, 1 visits today)





Source link

Leave a Comment

Translate »
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School