एमाले कास्कीमा खगराज समूहका प्यानल नै विजयी


नेकपा एमाले कास्कीको नयाँ नेतृत्वमा खगराज अधिकारी समूहको प्यानल नै विजयी भएको छ।

एमाले कास्कीको नयाँ नेतृत्वका लागि पार्टीका उपमहासचिव पृथ्वी सुब्बा गुरुङ र पूर्व संगठन विभाग प्रमुख खगराज अधिकारी समूहबिच प्यानल बनाएरै प्रतिष्पर्धा भएको थियो।

प्रतिष्पर्धामा खरो उत्रिँदै अध्यक्षमा अधिकारी समूहका बैनबहादुर अधिकारी क्षेत्रीको प्यानल नै विजयी बन्दा पृथ्वी सुब्बा समूह कमजोर रहेको पुष्टि गरेको छ।

अध्यक्षमा बैनबहादुर अधिकारी क्षेत्रीले प्रतिष्पर्धी माधव बास्तोलालाई २०४ मतान्तरले हराउँदै विजयी भए। विजयी अधिकारीले ५५१ मत ल्याएर विजयी हुँदा उनका निकटतम प्रतिष्पर्धी माधव बास्तोलाले ३४७ मत प्राप्त गरे। अर्का प्रतिष्पर्धी विवेक त्रिपाठीले १७ मत प्राप्त गरे।

उपाध्यक्षमा अधिकारी प्यानलका भेषराज बराल विजयी भए। बरालले प्रतिष्पर्धी शिव आचार्यलाई १३९ मतले पछाडि पार्दै विजयी भएका हुन्। विजयी बरालले ५२७ मत ल्याएर विजयी हुँदा प्रतिष्पर्धी आचार्यले ३८८ मत प्राप्त गरे।

सचिवमा अधिकारी प्यानलकै दर्शन लामा विजयी भएका छन्। लामाले प्रतिष्पर्धी सुरेन्द्र गुरुङलाई २७५ मतान्तरले पछि पार्दै विजयी भएका हुन्। विजयी लामाले ५ सय ९५ मत मत प्राप्त गर्दा पराजित गुरुङले ३२० मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ।

उपसचिव (महिला) मा अधिकारी प्यानलकै सन्तुदेवी सुवेदी विजयी भएकी छन्। उनले प्रतिष्पर्धी राधिका शाही योगीलाई १६६ मतान्तरले पछि पार्दै विजयी भएकी हुन्।

विजयी सुवेदीले ५१० मत प्राप्त गर्दा योगीले ३४४ मत तथा अर्की प्रतिष्पर्धी संगीता सुवेदीले ६१ मत प्राप्त गरिन्। अर्को एक उपसचिवमै अधिकारी प्यानलकै लालबहादुर परियार विजयी भए। उनले प्रतिष्पर्धी गीतादेवी विश्वकर्मालाई २४७ मतान्तरले पछि पार्दै विजयी भएका हुन्। विजयी परियारले ५८१ मत प्राप्त गर्दा पराजित विश्वकर्माले ३३४ मत प्राप्त गरे।

खुल्ला ५ सदस्यमा झपट रानाभाट ५६७, ईमानराज पौडेल ५३५, तोरणबहादुर बानिया ५७७, बलराम पौडेल ५०८, मोहन सुवेदी ६१९ मत ल्याएर विजयी भएका छन्। महिला ३ सदस्यमा उषा बरुवाल (५२९), कल्पना भवाँजी क्षेत्री (४९७) र विष्णु सुवेदी (५०५)मत ल्याएर विजयी भए।

प्रकाशित: १४ चैत्र २०८० २१:१५ बुधबार





Source link

Leave a Comment

Translate »
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School