आफ्नै थलोमा अन्तिम संस्कारको हक सुरक्षित गरियोस् : RajdhaniDaily.com


भारतको जम्मू काश्मीर राज्यस्थित पहलगाममा निर्दोष हिन्दू पर्यटकमाथि भएको आततायी हमलापछि भारत र पाकिस्तानबीच युद्ध हुने लगभग निश्चित देखिएको छ । भारतीय शासकमाथि मतदाताको तीव्र दबाबका कारण पनि भारत चुप बस्न नसक्ने अवस्था छ । भारतले गरेको तयारी र सार्वजनिक भएका सूचनाका आधारमा पनि दुई छिमेकीबीच युद्ध हुने कुरामा शंका नै नरहेको देखिन्छ । भारतीय सरकारले आतंककारीविरुद्ध यथोचित कारबाही गर्न सेनालाई खुला छुट दिइसकेको छ । अब सैनिक नेतृत्वले आक्रमणको समय, ठाउँ र मोडालिटी तय गर्ने बताइएको छ । स्वाभाविक रूपमा पाकिस्तानले पनि सामना र प्रत्याक्रमणको तयारी गर्ने नै भयो । भारतविरुद्ध विगतमा पनि आतंककारी हमलाहरू भएका हुन् । सन् २०१४ अघि कांग्रेसको शासन हुँदा २६÷११ को मुम्बई आक्रमण र अटल बिहारी बाजपेयीको समयमा संसद् भवनमा आक्रमण हुँदासमेत भारतले आक्रामकता देखाएन । सन् २०१४ पछि नरेन्द्र मोदी प्रधानमन्त्री भएपश्चात् भने आतंककारी आक्रमणको जवाफमा कडा प्रत्याक्रमणको नीति अपनाइयो । एकपटक सीमा नियन्त्रण रेखा नाघेर पैदल सैनिक पाकिस्तानको नियन्त्रणमा रहेको क्षेत्रमा घुस्यो र त्यहाँस्थित आतंककारीको अखाडालाई नष्ट गरेर फक्र्यो । यस कारबाहीलाई सर्जिकल स्ट्राइक भनियो । अर्को पटकचाहिँ सीमाभन्दा ३ सय किलोमिटर पर रहेको खैबर पख्तुनख्वा प्रान्तको बालाकोट भन्ने स्थानमा जंगी जहाज पठाइयो र बमबारी गरियो । यो चाहिँ एयर स्ट्राइक थियो । त्यसपछि मोदीले भन्न थाले, ‘घर में घुस के मारेंगें ।’ यसपटक भने यी दुवैभन्दा निकै ठूलो र निर्णायक आक्रमण हुने आँकलन गरिँदै छ ।

यति नजिकका र त्यसमाथि परमाणु शस्त्रधारक दुई छिमेकीबीच खतरनाक द्वन्द्व हुँदा नेपाल प्रभावित नहुने कुरै भएन । युद्धको सीधा एवं स्पष्ट असर कति पर्ला त्यो समयले नै बताउला ! कथंकदाचित परमाणु हतियार चल्यो भने त नेपाललाई रेडिएसनको असर पनि भयावह हुन पुग्छ । आशा गरौं युद्ध त्यो स्तरमा नपुग्ला ! ठूलै स्तरको युद्ध हुने पक्का जस्तै छ र नेपाल एक हदसम्म प्रभावित हुने पनि पक्का छ । पुनः आशा एवं प्रार्थना गरौं नेपाललाई नकारात्मक प्रभाव कम परोस् !

आज म यस स्तम्भमार्फत नेपाललाई पक्कापक्की पर्ने एउटा प्रभावका ’boutमा कुरा गर्दै छु । यो प्रभाव झट्ट सुन्दा सानोझैं लाग्ने तर मानवीय संवेदनाका दृष्टिले अत्यन्तै महत्वपूर्ण हुन सक्छ । यस युद्धको रणभूमिमा कैयन् नेपाली नागरिकले ज्यान गुमाउने लगभग निश्चित छ । म कुनै पनि नेपालीलाई सामान्य चोट पनि नलागोस् भन्ने चाहन्छु । तर हुने कुरो नभइ छोड्दैन ! म रणभूमिमा नेपालीले ज्यान गुमाउने भविश्यवाणी गर्दै छु र यो कुनै ज्योतिषीय वा जोखानाका आधारमा गरिएको भविष्यवाणी होइन । अब स्वाभाविक प्रश्न उठ्छ, रणभूमिमा नेपालीले कसरी ज्यान गुमाउलान् र ? आखिर नेपाल युद्धमा कसैको पक्ष वा विपक्षमा होमिने त होइन ! निश्चित रूपमा नेपाल होमिने होइन, तर नेपाली नागरिक होमिने हुन् ! भारतीय सेनाको गोर्खा रेजिमेन्टमा ४० हजारभन्दा बढी नेपाली मूलका सैनिक छन् । तीमध्ये आधा नेपाली मूलका भारतीय नागरिक हुन् भने आधा अर्थात् २० हजारको हाराहारीमा चाहिँ नेपाली नागरिकता धारक नेपाली नागरिक नै हुन् । यिनीहरू युद्धभूमिमा नखट्टिएलान् त ? पाकिस्तानसँगको युद्धमा र त्यसमा पनि काश्मीर क्षेत्रको पहाडी भूभागमा युद्धको फ्रन्टलाइनमै खटिने हाम्रै नेपाली दाजुभाइ हुन् । यस अवस्थामा सयौं वा हुन सक्छ हजारौंको गिन्तिमा नेपालीले ज्यान गुमाउनेछन् ! यो भयावह अवस्था टार्न हामीले केही गर्न सक्छौं र ? सायद धेरै गर्न सकिने केही छैन ।

राष्ट्रिय झन्डाको र सलामी राष्ट्रका तर्फबाट सम्मान हो र सम्बन्धित व्यक्तिको हक पनि हो । आफ्नो जन्मस्थल वा इच्छित थलोमा अन्तिम संस्कारचाहिँ कुनै पनि नागरिकको स्वतः सिद्ध हक हो । अन्तिम संस्कारको यो नागरिक हकलाई पूरा गर्न भारतीय सरकारले सम्बन्धित व्यक्तिको घर गाउँसम्म शव पु-याउने जिम्मेवारी वहन गरेको हो । तर, भारतीय सेनामा कार्यरत नेपाली नागरिकका हकमा नागरिकको अन्तिम हक प्रायः पूरा हुने गरेको छैन !

म आज ज्यान गुमाउने नेपाली नागरिकका ’boutमा कुरा गर्दै छु । यसो गर्दा मलाई संवेदनशील नभएको वा दुष्परिणामको अनुमान गर्ने ‘अलच्छिन’ आदि इत्यादि आरोप लाग्न सक्छ र गाली पनि बर्सिन सक्छ । तर, म मानवीय संवेदनाका कारणले नै यो विषय उठाउँदै छु ।

युद्धमा वीरगति प्राप्त गर्ने सैनिकहरूका लागि भारतीय सरकारले र सेनाले एक विशेष वन्दोबस्तको व्यवस्था गरेको छ । युद्धमा वीरगति प्राप्त गर्ने प्रत्येक सैनिकको शव भारतीय सेनाले आफ्नो राष्ट्रिय झन्डाले बेरेर पूर्ण सैनिक सम्मानका साथ सम्बन्धित व्यक्तिको घर गाउँमा पु¥याउँछ र त्यहाँ पूर्ण सैनिक सम्मानका साथ अन्त्येष्टि गर्छ । यो भारतीय सेनाको नियम र प्रचलन हो । यसलाई देशका लागि सर्वोच्च बलिदान दिने सैनिकप्रति राष्ट्रका तर्फबाट सम्मान मानिन्छ भने यो त्यस सैनिकको हकका रूपमा पनि लिइन्छ । राष्ट्रिय झन्डाको र सलामी राष्ट्रका तर्फबाट सम्मान हो र सम्बन्धित व्यक्तिको हक पनि हो । आफ्नो जन्मस्थल वा इच्छित थलोमा अन्तिम संस्कारचाहिँ कुनै पनि नागरिकको स्वतः सिद्ध हक हो । अन्तिम संस्कारको यो नागरिक हकलाई पूरा गर्न भारतीय सरकारले सम्बन्धित व्यक्तिको घर गाउँसम्म शव पु¥याउने जिम्मेवारी वहन गरेको हो ।

तर, भारतीय सेनामा कार्यरत नेपाली नागरिकका हकमा नागरिकको अन्तिम हक प्रायः पूरा हुने गरेको छैन ! भारतीय सेनामा कार्यरत कुनै नेपाली नागरिकले वीरगति प्राप्त गरे भने भारत सरकारले वा सेनाले उनको शवलाई अन्य भारतीय सैनिकसरह नै झन्डा ओढाउने र सैनिक सम्मान अनि सलामी इत्यादि सबै दिन्छ । तर, आफ्नो थलोको श्मशान भूमिमा अन्तिम संस्कार हुने गरेको छैन । भारतीय सेनाले नेपाली सीमाको नजिकको कुनै श्मशान भूमिमा मृतकका नातेदारलाई बोलाएर त्यहीँ अन्त्येष्टि गरिदिन्छन् । विचरा ती नेपाली नागरिक आफ्नो मातृभूमिबाटै यस संसारबाट बिदा हुने हकबाट वञ्चित हुन पुग्छन् ।

भारतीय सेना वीरगति प्राप्त गर्ने नेपाली नागरिकको शवलाई सम्बन्धितको पहाड वा गाउँ शहरस्थित थलोमा पु¥याइदिन तयार हुन्छन् पनि होला ! एक स्वतन्त्र राष्ट्र नेपाल भारतीय सेनाको हेलिकोप्टर वा अन्य साधन नेपाल छिराउन तयार नहुने होला । भारतीय झन्डाले बेरेको शव त स्वीकार्य नै नहुने होला ! अनि नेपाली भूमिमा भारतीय सैनिकले दिएको अन्तिम सलामी त झनै पाच्य हुने कुरै भएन । भारत सरकार र सेना आफ्नो शहीद सैनिकलाई यथोचित अन्तिम सम्मान नदिइ नछाड्ने र नेपाल आफ्नो भूमिमा त्यसो गर्न नदिने । परिणाम के भयो ? वीरगति प्राप्त गर्ने ती कर्मठ व्यक्तिले विदेशकै लागि मरेर विदेशमै अन्तिम संस्कारको नियति भोग्नुपर्ने बाध्यता छ ।

हुन त औपचारिक रूपमा विदेशी सेनामा काम गर्न अनुमति दिइसकेपछि विदेशी सेनाको टुकडीले आएर नेपालभित्रै उसले आफ्नो प्रचलन अनुरूप अन्त्येष्टि गर्छ भने पनि निकै ठूलो आपत्ति नहुनु पर्ने हो । तर, होइन यसले सार्वभौम नेपालको स्वाभिमानमा नै खलल पर्छ भने साप पनि नमर्ने र लठी पनि नभाँच्ने उपाय निकाल्न सकिन्न र ?

भारतीय सेनामा कार्यरत कुनै नेपाली नागरिकले कर्मथलोमा वीरगति प्राप्त गर्छ भने भारतीय सेनाले त्यस व्यक्तिको शवलाई प्रचलित यथोचित सम्मानका साथ उसको नेपालस्थित घरगाउँ नजिकको सीमासम्म ल्याइदेओस् । त्यही सीमास्थित भारतीय भूमिमा शवमा बेरेको झन्डा परिवारलाई बुझाउने लगायत अन्तिम संस्कारमा गर्ने सलामी वा बन्दुक पड्काउने जस्ता कर्म गरेर त्यस शवलाई परिवारको जिम्मा लगाइदेओस् । त्यसपछि सो शवलाई परिवारले आफ्नो थलोमा रीतिथिति संस्कारअनुसार अन्त्येष्टि गरे हुन्न र ? नेपाल भूमि प्रवेश भएपछि उचित लाग्छ भने नेपाली सेनाले यथोचित सैनिक सम्मान दिन पनि सक्छ । यहाँनेर ‘राष्ट्रवाद’को आडम्बरले छोप्नुहुन्न ! कर्तव्य निर्वाहका क्रममा वीरगति प्राप्त गर्ने सैनिक जुनसुकै मुलुकको भए पनि सम्मानयोग्य नै हुन्छ । आफ्नो जन्मभूमिमा अन्तिम संस्कार गराइपाउने हक पनि महत्वपूर्ण हो । हेर्दा सामान्य लाग्छ, तर मानवीय संवेदनाका दृष्टिले यो सोचनीय विषय हो ।

(Visited 26 times, 1 visits today)





Source link

Leave a Comment

Translate »
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School