अहिँसा दिवसः कसरी हेर्ने त ? : RajdhaniDaily.com

अहिँसा दिवसः कसरी हेर्ने त ? : RajdhaniDaily.com


शान्ति दिवस सकिना साथ अहिँसा दिवस आएको छ, अक्टोबर २, तर संसारमा अशान्तिका काला बादलहरु मडारिन भने छोडेका छैनन् । अस्ति मात्रैको असौज १२ ले देखाएको प्राकतिक विपत्तिले त दसैको मुखैमा आएको यो दिवसका दिन कसैको मनमा शान्ति छैन, अझ भनौँ देवी उपासन भन्दै घरैपिच्छे अबोध र निहत्था प्राणलिाई मार्ने हाम्रो चलन घटेको छैन, हामी खोज्छौँ मानव अधिकार तर पशुपन्छीको पनि बाँच्न पाउने अधिकार गुम भएको अबस्था छ, पशुअधिकारकर्मीहरु दसैँताका मात्रै बोल्ने गर्छन्, यसपालि गढीमाई पर्व पनि हो, बाराको बरियारपुरमा के हुन्छ सबैलाई याद छ ।

पृथ्वी सबैको साझा घर हो, एकले अर्काको अस्तित्वलाई स्विकार्नै पर्छ । जहाँ लूट त्यहीँ छूट भयो भने मानव सभ्यताको पहिचान बेकार हुन्छ ? विपत्तिमा हवाइभाडा चर्कियो भनिँदैछ अहिले । काटमार नगर्नु मात्र अहिँसा हैन, मनको हिँसा झन् कडा खालको हुन्छ । नेल्सन मण्डेलाको कथन थियो जसले अरुको स्वतन्त्रता हनन गर्छ, ऊ स्वयं स्वतन्त्र हुन सक्तैन । संसारले कहाली लाग्दो प्रथम र दोस्रो विश्व युद्धलाई बिर्सेको छैन । दोस्रो महायुद्धपछि स्थापना भएको संयुक्त राष्टृ संघ पछि पनि अशान्तिका काला बादलहरु देखिएकै छन्् । हिरोसिमा र नागासाकीको कहालीलाग्दो अबस्था, सेप्टेम्बर ११ को अमेरिकी ट्वीन टावरको आक्रमण, हाम्रै देशको पनि १० वर्षे सशस्त्र युद्ध, त्यसपछि पनि भइरहेको गतिविधि हेर्दा अहिँसाप्रति उत्साहित हुने अबस्था छैन ।

पेशाकर्मीहरु पिटिएका छन्, प्रहरीकै अभिलेखमा पनि आपराधिक घटना बढेको छ । हत्याका खबर दिनदिनै आइरहेका छन्, तुइन र महाकाली प्रकरण, निर्मला प्रकरण, रुकुमको नरसंहार, विगतको संखुवासभाको सामूहिक हत्याले हामीलाई गिज्याइरहेको हो केही वर्षअघि मात्रै । उच्च पदस्थहरु प्रायः कुटाइ नखाएका कमै छन्, ठूलो सुरक्षाको घेराभित्र रहनु परेको छ । लोकतन्त्रमा किन यस्तो हुन्छ, समाज किन यति निर्दयी भइरहेको छ ? पद र पैसाका लागि एक मान्छेले अर्कोलाई किन विभत्स हत्या गर्छ ? हाम्रो संविधान कता जाँदैछ वा समाज कसले डोहोर्याएको छ, यसको जिम्मा किन लिइँदैन र अपराधीलाई नै दलहरुले किन संरक्षण दिन्छन् र तिनलाई नै उपल्लो तहबाट किन आममाफी हुन्छ ? किन प्राकृतिक, दैवी प्रकोपको अबस्था, महामारी, अनेकानेक दूर्घटना र दैनिक २० जवानको दरले आत्महत्या नचाहेर पनि हामीले हेरी बस्नु परेको छ ? मूलतः तनमा कान्ति र मनमा शान्ति किन छैन हामीसंग ?

यु एस, चीनका राष्टृपतिहरु किन संगै कालो ब्याग लिइरहन्छन् ? उत्तर सजिलो छ त्यो ब्याग उनीहरुसंग हरदम रहन्छ, हेर्दा साधारण ब्याग हो तर त्यसले संसारलाई एकैपल्ट मार हान्न सक्छ, आणविक शक्ति छ त्यसमा । परमाणु बमको फाइनल कन्टृोल गर्छ त्यसले, ६ अगष्ट र ९ अगष्टको हिरोसिमा र नागाशाकीकोे बमभन्दा १७ हजार गुणाले बढी शक्तिशाली छ त्यो, धर्तीमा अरु शक्ति सबै फिका हुन्छन्, त्यो बिस्कुट जस्तो छ, कोड मिलाएर राखिएको हुन्छ, एटम बम, यो यस्तो ब्रिप्m केस हो जसले सबै संसारलाई नियन्बणमा राख्न सक्छ, त्यसैले त सुपर पावर भनिन्छ । रसिया र युक्रेन के गर्दैछन्, श्रीलंका र बँगलादेशमा देश छोडो आन्दोलन किन भयो ? हिजो इरान र इराकले के देखाए ? इजराइल र प्यालेष्टिनीको द्धन्दलाई के भन्ने ? चीन भियतनाम समुदी विवाद, चीन ताइवान अनि यु एस को फ्रि टिब्बेट धारणा, केही वर्ष अघिको अफगानिस्तान, पाकिस्तान, अनि भारतीय सिमाना लद्दाकलाई कसरी बुभ्mने ? प्रत्यक्ष अणुबम प्रहार नभए पनि शीत युद्ध बा व्यापारिक वितण्डालाई के भन्ने ? कसको चुलो चौका सुरक्षित छ आज ? किन यति ठुलो महँगी ?

विकासको पहिलो आधार अहिँसा र शान्ति नै हो । क्रान्तिले युग परिवर्तन खोज्नु भूल हुन्छ र त हाम्रा वैदिक ऋषि महर्षिहरुले अनेकानेक खोज र अनुसन्धान गरेर विश्व शान्तिको पहल गरे । पूर्वी संस्कारमै हुर्केका बुद्ध यहीँ आए । धर्मको स्थापनाका लागि युग युगमा म पृथ्वीमा अवतरित हुनेछु भनी स्वयं ईश्वरले गीतामा भनेको छ । सबैप्रति ईश्वरीय भाव जागेर एकले अर्कोलाई सम्मान, इज्जत देओस् र सबै प्राणीले सजिलै बाँच्न पाऊन् भनेर ईश्वरले अहँ सर्वेषु भूतेषु भनेको छ, भागवतमा । यसको सिधा अर्थ हुन्छ म सबै प्राणीमा अदृश्य रुपमा रहेको छु । पूर्वीय यो मूल्य र मान्यता आज संसारले खोजेको छ र त जर्मनी लगायत विकसित देशहरुले पूर्वी धर्म संस्कृतिको धरोहर वेद र यसको स्रोत खोज्दैछ । विद्धान् म्याक्स मूलरले पूर्वीय दर्शनलाई विज्ञान किन भने होलान् ? तर सर्वत्र गोहीको आँसु चुहिएको छ अहिले ।

विद्धान् विल्सनले भनेका छन् प्रजातन्त्रका लागि पनि यो संसारलाई सुरक्षित राख्नु पर्छ । विद्धान् रस्किनले भने ः कुनै व्यक्तिको प्रथम परीक्षा भनेको उसको नम्रता नै हो । महात्मा गान्धी शान्तिका पुजारी हुन्, अहिँसा आन्दोलनबाटै भारत स्वतन्त्र भयो । गान्धीले भनेका थिए खराब मान्छेलाई सुधार्ने मुख्य औषधि भनेको प्रेम र स्नेह नै हो । अल्बर्ट आइन्टाइनले भनेका थिए ईश्वर भ्रष्ट हुन सक्ला तर ईष्र्यालु कहिल्यै हुन्न । विद्धान् वाइरनको भनाइ छ जसले आप्mनो देशलाई माया गर्न सक्दैन उसले कसैलाई पनि माया गर्दैन । प्रसिद्ध विद्धान् गेटेको भनाइ छ राजा या रँक होस् जसले घरमा शान्ति पाउँछ उही सुखी हो ।

बाइबलको पनि भनाइ छ तिम्रो शरिर नै पवित्र आत्माको मन्दिर हो, तर हितोपदेशका कुरा हिजोआजका मानिसलाई सुन्ने फुर्सद छैन । हाम्रा ऋषि महर्षिहरुले द्यौः शािन्तः, पृथ्वी शान्तिः, आपः शान्तिः, अन्तरिक्षः शान्तिः, औषधयः शान्तिः अर्थात् भूमि, पानी, माटो, अन्तरिक्ष, आकाश, खगोल, भूगोल, वायुमण्डल, बनस्पति सम्पूर्ण चराचर जगत् नै शान्ति चाहे । बसुधैव कुटुम्बकम् अर्थात् सम्पूर्ण बसुधा भनौँ पृथ्वी नै कुटुम्ब हो भने, त्यति मात्रै नभएर ब्रह्माण्डैव कुटुम्बकम् भने आज त्यसैलाई गलोबल भिलेज् भन्छौँ हामी । ब्रह्माण्डभित्र समस्त शान्ति आबश्यक छ । हिँसाले हिँसा नै जन्माउने हो र अहिँसाले अहिँसा नै । एउटा नीति छ जो संग जे छ अरुलाई उसले दिने पनि त्यही नै हो । अहिँसाको मार्गले नै संसार जित्न सकिन्छ र समृद्धि धेरै टाढा हुन्न । अरुलाई दिनुको नाम नै दे उता अर्थात् देवता हो, आपैmँ लुटी खानेलाई दानव भनिन्छ । हामीले समृद्धिको चाहना गरेको ८ दशक भयो तर त्यसको प्रगति खोइ त ? ८० वर्षमा अशान्तिका काला बादलहरु कति मडारिए, कति धन जनको क्षति भयो खोज्ने फुर्सद छैन त हामीलाई ।

संसारको ४ दिशा मध्ये पश्चिममा ऋग्वेद, यजुर्वेदको खोजी हुँदैछ, पूर्वमा जापान, सिंगापुरमा यी मंत्रहरु विहानै घन्कन थालेका छन् । पूर्वीय सम्यताको खोजी गरेर पश्चिमाहरु विज्ञानको चुलीसम्म पुगे । इन्धन र यन्त्र विना नै पूर्वीय चिन्तनको पुष्पक विमान उदाहरण छ । वेदको रोचक पक्ष वास्तुकलाको परिचय नेपालका अरनिकोले चीनमा गराएका सुनौला पक्षहरु हाम्रा इतिहास छन् । वेदका खानि वेदव्यासको तपस्थली व्यास गुफा हामै्र तनहुँमा छ । देवघाटमा देवस्थल छ । पशुपतिमा वेदका ऋचाहरु संसार भर घन्काउने शिवजी छन् । आर्यावर्त क्षेत्र स्वर्गीय यज्ञ भूमि हो । गोकर्णमा रावण आएको, गौरीघाटमा सम्पूर्ण इन्द्र आदि देवताहरुले तप गरेको र यो पूरै योग भूमि हो । स्कन्द पुराण, शिव पुराण, देवी भागवत, नेपाल माहात्म्य आदि ग्रन्थहरुले नेपालको परिचय वेदको शुरुस्थलको रुपमा दिएको छ । नेपालकै वुद्धले संसारमा अहिंसाको दीप प्रज्वलन गराए । लुम्विनी क्षेत्रलाई संसारले हेरेको छ ।

यहाँको कलाकारिता, शिल्पी, यहाँका वनस्पति, जडीवुटीहरु विदेशीहरुका लागि खोजको विषय रहेको छ । नजीकको तीर्थ हेलाँ भने झै आफनो श्रीसंपत्ति प्रति हामीलाई ठूलो चासो छैन । भएका प्राचीन ग्रन्थ एवं आफ्नो मौलिकतालाई हामी विर्सदैछौँ । शताब्दीयौंको संरक्षण गरेर सिंगापुरमा एसियन सिभिलाइजेसन म्युजियमले सारा एसियामा भएका सम्यतालाई उजागर गरिरहेको छ । आजको युग भौतिक युग भए पनि भक्तिवाटमात्र शक्ति प्राप्त हुन्छ । शुक्ल यजुर्वेदले यही वताउँछ । यसमा रहेका कर्मकाण्ड, ज्ञानकाण्ड, उपासना काण्डमा जपका विधि, ध्यान पद्धति, यज्ञ र पूजा संस्कार वारे उजागर गरिएको छ भने ज्ञानकाण्डले हामीलाई आत्मा साक्षात्कार गरी स्वको खोजी आफैंले गरी जीवले जगत्वाट जगदीश्वर पाउने विषयमा व्यापक चिन्तन गरेको छ । हाम्रो सर्वोपरि चाहना भनेको धर्म, अर्थ, काम र मोक्ष हो सत्कर्मबाट धनार्जन गर्नु पर्छ । उपासना काण्डले आत्मा, ईश्वर अनि मायाद्वारा सिर्जित र संचालित विश्वको अनुसन्धान गर्ने कार्यमा जोड दिएको छ । सवै विषय वस्तुहरुको गन्तव्य एउँटै हो, जीवले लक्ष्य प्राप्ति गर्ने उपायहरु धेरै हुन सक्छन् । यात्रा अलग भए पनि साधनाका विविध यात्रा मार्फत् साध्य प्राप्त गर्नु अन्तिम लक्ष्य हो, साध्य हो सवैको ।

साध्य प्राप्तिको क्रममा शुक्ल यजुर्वेद निकै अगाडि छ । यजुर्वेदले जीवनमा आइ पर्ने समेत समस्याहरुको निराकरणका उपाय वताएको छ । वायु प्रदुषण, ध्वनि प्रदुषण नगरी संसारलाई शान्त, सुखी वनाउन पर्यायवरणको चासो देखाएको छ । भूमि, आकाश, पाताल र समस्त वायुमण्डल शुद्ध हुनु पर्ने संकेत गरेको छ । आजसम्म चलन चल्तीमा आएका शास्त्रमध्ये वेद नै प्राचीन हो । देवता र पितृ मान्नु हाम्रो परम्परा हो । सृष्टि, स्थिति र प्रलय निरन्तर चलि रहने प्रक्रिया हो । ती प्रक्रियाका पात्रहरु मात्रै हौं हामी ! हिजो ईश्वर थियो हामी थिएनौं ! आज ईश्वर छ, हामी छौं भोलि हामी रहन्नौँ तर ईश्वर सदैव रहन्छ । मानव मस्तिष्कको श्रोत भन्नु ईश्वर हो । ईश्वर प्रदत्त मानव मस्तिष्कको उपज भन्नु विज्ञान हो । सही र सदुपयोग गर्दा विज्ञान वेदमणि हुन सक्छ, पारसमणि हुन सक्छ । जैन, सिख, हिन्दु, क्रिस्चियन, मुस्लिम, वौद्ध जे भने पनि पहिले हामी मनुका सन्तति मानव हौं, मनुष्य हौंँ ।

मानव धर्मको पहिचान भएन भने सम्प्रदाय विशेषमा रुमल्लिएर मात्र ईश्वर पाइने होइन । फलाममय जगत्लाई पारसमणिको रुपमा प्रयोग गर्न सक्नु मानव हित अनुकूल छ । संसार नरमाइलो छैन । सूर्य, गणेश, शिव, विष्णु, देवी शक्ति संसारकै हुन् । वेद अमूल्य धन हो पैतिृक संपत्ति हो, संरक्षण चाहेको छ केवल हाम्रो भूमिवाट, कारण यो भूमि तपोभूमि, योगभूमि हो, अन्य भूमि कर्मभूमि, भोगभूमि हुन् । सामवेदको विशालता शव्दले सिमांकन गर्न सकिन्न । पूर्वार्चिक र उत्तरार्चिक गरी यो दुई खण्डमा विभाजित छ । अथर्ववेदका ३ संहिता अर्षि, आचार्य र विधि प्रयोगमा छ । अर्षि संहिताले वेद मंत्रको शुद्धताले सिद्धि प्राप्त हुने कुरामा जोड दिएको छ भने आचार्य संहिताले विभिन्न मानव संस्कारका वारे वर्णन गरेको छ । त्यस्तै विधि प्रयोग संहिताले कुनै कार्य, जप, पाठ, पूजा गर्दा संकल्प गरेर गरे मात्र सिद्धि फल प्राप्ति हुने कुरामा जोड दिएको छ । अथर्ववेदले वित्तीय व्यवस्था, कृषि, उद्योग तथा गोधन, पशुधन, सम्पूर्ण आर्थिक समृद्धिको पूर्वाधार तयार गर्नु पर्ने ’bout चासो दिएको छ, हामीले किन बिर्सेको त ?

(Visited 6 times, 1 visits today)





Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Translate »
Scroll to Top
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School