अमेरिकी विदेशमन्त्रीले भारतीय विदेशमन्त्री जयशंकर र पाकिस्तानी सेना प्रमुखसँग के कुरा गरे ?



प्रकाशित मिति : बैशाख २७, २०८२ शनिबार

अमेरिकाका विदेशमन्त्री मार्को रुबियोले भारतका विदेशमन्त्री एस. जयशंकर र पाकिस्तानका सेनाप्रमुख जनरल आसिम मुनीरसँग कुराकानी गरेका छन्। यो कुराकानी दक्षिण एसियामा बढ्दो तनावलाई कम गर्ने प्रयासको हिस्सा मानिएको छ।

भारतका विदेशमन्त्री जयशंकरले आफ्नो एक्स अकाउन्टमार्फत कुराकानीको जानकारी दिँदै भने, “आज बिहान अमेरिकी विदेशमन्त्री रुबियोसँग कुराकानी भयो। भारतको अडान सधैं संयमित र जिम्मेवार छ, र यो भविष्यमा पनि कायम रहनेछ।”

अमेरिकाले जारी गरेको वक्तव्यमा विदेशमन्त्री रुबियोले भारत र पाकिस्तान दुवैलाई आपसी कुराकानीका माध्यमबाट तनाव कम गर्न र गलतफहमीबाट बच्न उपाय खोज्न आग्रह गरेको उल्लेख छ। उनले भविष्यमा विवादबाट जोगिन दुवै देशबीच मध्यस्थता गर्न अमेरिका तयार रहेको प्रस्ताव पनि राखेका छन्।

अमेरिकी विदेशमन्त्रीले भारतीय विदेशमन्त्री जयशंकर र पाकिस्तानी सेना प्रमुखसँग के कुरा गरे ?

अमेरिकी विदेशमन्त्रीले भारतीय विदेशमन्त्री जयशंकर र पाकिस्तानी सेना प्रमुखसँग के कुरा गरे ?

यस्तै, पाकिस्तानी सेनाप्रमुख मुनीरसँगको कुराकानीमा पनि रुबियोले तनाव कम गर्न र वार्तालाई प्राथमिकता दिन आह्वान गरे। अमेरिकाले यो कुराकानीमा पनि मध्यस्थताको प्रस्ताव राखेको छ।





Source link

Leave a Comment