अमेरिकी बन्धकलाई नियन्त्रणमा राखेको समूहसंग सम्पर्क टुटेको हमासको दाबी



प्रकाशित मिति : बैशाख २, २०८२ मंगलबार

गाजामा इजरायली आक्रमणपछि एक इजरायली अमेरिकी बन्धकलाई नियन्त्रणमा राखेको हमास लडाकु समूहसँग सम्पर्क टुटेको दाबी हमासले गरेको छ ।

२१ वर्षीय इजरायली सैनिक एडन अलेक्जेन्डर पछिल्ला केही दिनअघि हमासद्वारा सार्वजनिक गरिएको भिडियोमा देखिएका थिए।

इजरायलले उनलाई गत साता प्रस्ताव गरिएको ४५ दिन लामो युद्धविराम सम्झौताको पहिलो दिनमै रिहा गर्न आग्रह गरेको थियो । तर हमासले उक्त प्रस्ताव अस्वीकार गरिसकेको छ ।

अमेरिकी बन्धकलाई नियन्त्रणमा राखेको समूहसंग सम्पर्क टुटेको हमासको दाबी

अमेरिकी बन्धकलाई नियन्त्रणमा राखेको समूहसंग सम्पर्क टुटेको हमासको दाबी

मंगलबार जारी वक्तव्यमा हमासका प्रवक्ता अबु ओबेदाले भने, “हामी एडन अलेक्जेन्डरलाई नियन्त्रणमा राखेको समूहसँग सम्पर्कमा छैनौं । हामी अझै उनीहरूलाई सम्पर्क गर्न प्रयासरत छौं ।”

हालसम्म हमासले सम्पर्क टुटेको समय वा घटनास्थलका प्रमाणहरू प्रस्तुत गरेको छैन । इजरायले भने बन्धकहरु राखिएका प्रायः त्यस्ता स्थानहरूमा आक्रमण नगर्ने दाबी गर्दै आएको छ ।

२०२३ अक्टोबर ७ मा हमासद्वारा अपहरण गरिएका २५१ जनामध्ये हाल ५९ जना अझै गाजामा छन् । जसमा २४ जनालाई जीवित मानिएको छ ।

तीमध्ये ५ जना अमेरिकी नागरिक मानिन्छन् । एडन अलेक्जेन्डर एकमात्र जीवित अमेरिकी बन्धक ठानिएको छ ।

हमासले मंगलबार एक भिडियो सार्वजनिक गर्दै बाँकी बन्धकहरूको परिवारलाई यदि इजरायली आक्रमण जारी रह्यो भने उनीहरूलाई शवपेटी मा फर्काइनेछ भनेर चेतावनी दिएको छ ।

अमेरिकी बन्धकलाई नियन्त्रणमा राखेको समूहसंग सम्पर्क टुटेको हमासको दाबी

गत शनिबार सार्वजनिक भिडियोमा अलेक्जेन्डरले इजरायली प्रधानमन्त्री नेतान्याहू र राष्ट्रपति ट्रम्पलाई हस्तक्षेप गरी आफूलाई मुक्त गराउन आग्रह गरेका थिए ।

अलेक्जेन्डरलाई समावेश गरिएको ४५ दिन लामो युद्धविराम प्रस्तावअनुसार पहिलो सातामै आधा बन्धकहरू रिहा गरिने उल्लेख थियो ।

हमास अधिकारीले भनेका छन्, अलेक्जेन्डरको रिहाइ ‘सद्भावना’ स्वरूप पहिलो दिनमै हुने भनिएको थियो ।

यसअघि सन् २०२४ को सुरुमा दुई महिनाको युद्धविराम अवधिमा हमासले ३३ बन्धकहरू रिहा गरेको थियो ।

बदलामा इजरायलले १ हजार ९०० प्यालेस्टिनी बन्दीहरू रिहा गर्दै गाजामा मानवीय सहायता पठाएको थियो । तर दोस्रो चरणको वार्ता असफल भएपछि इजरायलले १८ मार्चदेखि पुनः सैन्य आक्रमण सुरु गरेको छ ।





Source link

Leave a Comment

Translate »
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School