अमेरिकी प्रथम महिला ट्रम्पको मूर्ति पुनः गायब



प्रकाशित मिति : जेष्ठ ३, २०८२ शुक्रबार

स्लोभेनियामा मेलानिया ट्रम्पको मूर्ति पुनः गायब भएको छ । खबर अनुसार त्यहाँ मूर्तिको खुट्टा मात्र बाँकी रहेको छ ।

सन् २०२० को जुलाईमा स्लोभेनियाको सेव्निका शहरस्थित सावा नदीको किनारमा देखिएको ‘मेलानिया’ नामक मूर्ति फेरि एक पटक रहस्यमय तरिकाले हराएको हो ।

यो घटना प्रथम महिला मेलानिया ट्रम्प अमेरिकी राष्ट्रपति भवनमा पुन फर्किएको चार महिनापछि भएको हो। ब्राड डाउनी नामक अमेरिकी कलाकारद्वारा बनाइएको यो मूर्ति पहिले काठबाट बनाइएको थियो ।

अमेरिकी प्रथम महिला ट्रम्पको मूर्ति पुनः गायब

अमेरिकी प्रथम महिला ट्रम्पको मूर्ति पुनः गायब

जसलाई स्थानीय कलाकार अलेस ‘म्याक्सी’ जुपेभेकले चेनसअ प्रयोग गरी तयार गरेका थिए। तर यो मूर्ति जुलाई २०१९ मा सार्वजनिक गरिएको एक वर्षपछि अमेरिकी स्वतन्त्रता दिवस ४ जुलाई का दिन जलाइएको थियो।

तर डाउनीले पहिले नै त्यस मूर्तिको ढाल बनाइसकेका थिए। त्यसैको आधारमा उनले काठको मूर्तिलाई फेरि कांस्यमा परिणत गरी सोही स्थानमा पुनः स्थापना गरे।

उद्घाटनका क्रममा डाउनीले भनेका थिए, ‘यो मूर्ति यथासम्भव बलियो बनाइएको छ । यस्तो सामग्रीबाट जसलाई सजिलै नष्ट गर्न सकिंदैन। तर, हालै त्यो मूर्ति खुट्टासम्म काटेर चोरेको पुष्टि भएपछि यो भनाइ असत्य सावित भएको देखिएको छ।

अब त्यो कांस्य मूर्तिको मात्र खुट्टा र दुई मिटर अग्लो रुखको ठुटो मात्रै बाँकी छ। स्थानीय प्रहरीले यस घटनालाई चोरीको रूपमा अनुसन्धान गरिरहेको जनाएको छ। डाउनीले सुरु देखि नै आफूले बनाएको मूर्ति राजनीतिक अभिव्यक्ति भएको दाबी गर्दै आएका छन्।

उनले म्याक्सीलाई मूर्तिकारको रूपमा छनोट गर्नुको कारण मेलानिया ट्रम्पको बाल्यकालसँग उनको समान पृष्ठभूमि भएको बताएका थिए।

अमेरिकी प्रथम महिला ट्रम्पको मूर्ति पुनः गायब

साथै उनले भनेका छन्, ‘मेलानियालाई त छिटो अमेरिकी नागरिकता दिइयो, तर उनका श्रीमान् ट्रम्पको सरकारद्वारा अन्य आप्रवासीहरूमाथि कडा नीति लागू गरियो।’

उनले आशंका व्यक्त गरेका छन् कि मूर्तिको हराइ ‘ट्रम्प पुनः निर्वाचित हुनुू सँग सम्बन्धित हुन सक्छ।

त्यहाँका स्थानीय अधिकारीहरूले भने यो घटनाप्रति मिश्रित प्रतिक्रिया दिएका छन्। उनीहरूले भने, ‘कुनै पनि सार्वजनिक वा निजी सम्पत्तिमा हुने हस्तक्षेपको हामी निन्दा गर्छौं।’ तर उनीहरूले थपे, ‘अमेरिकी प्रथम महिलाको छविप्रति यहाँ कोही पनि विशेष गर्व गर्दैन।’





Source link

Leave a Comment

Translate »
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School