अमेरिका र युक्रेनबीच खनिज सहकार्यको संभावना नजिकियो



प्रकाशित मिति : बैशाख २, २०८२ मंगलबार

अमेरिका र युक्रेनकाबीचमा खनिज सहकार्यका लागि पुन वार्ता सुरु भएको छ ।

यूक्रेनले अमेरिका समक्ष खनिज सम्बन्धी सम्भावित सम्झौताका लागि तयार पारिएका आफ्ना प्रस्तावहरू औपचारिक रूपमा प्रस्तुत गरेपछि दुबै देशकाबीचमा वार्ता सुरु भएको हो ।

युक्रेनका उपप्रधानमन्त्री तथा अर्थमन्त्री युलिया स्विरिडेन्कोले खनिज सहकार्यका विषयमा अमेरिकासँग वार्ता सुरु भएको जानकारी दिएका हुन ।

अमेरिका र युक्रेनबीच खनिज सहकार्यको संभावना नजिकियो

अमेरिका र युक्रेनबीच खनिज सहकार्यको संभावना नजिकियो

युक्रेनले तयार गरेका सबै प्रस्तावहरू अमेरिकी पक्ष समक्ष स्पष्ट रूपमा राख्ने अवसर पाएका छौं, स्विरिडेन्कोले भनेका छन ।

केही कुरामा आपसी समझदारी भएको जानकारी दिँदै आगामी दिनमा अमेरिकासँगको संवाद निरन्तर चलिरहने विश्वास व्यक्त गरेका छन ।

यो अन्तिम चरण होइन, छलफल अझै अगाडि बढ्नेछ, उनले भनेका छन । गत साता युक्रेनबाट एक प्राविधिक टोली अमेरिका गएको थियो ।

उक्त टोलीले सम्भावित खनिज सम्झौतासम्बन्धी विषयहरूमा अमेरिकी पक्षसँग विस्तृत रूपमा विचार विमर्श गर्ने अवसर पाएको थियो । जसले दुवै देशबीचको सहकार्यलाई अझ मजबुत बनाउने आशा गरिएको छ ।

अमेरिका र युक्रेनकाबीचमा विग्रीएको सम्वन्धलाई बलियो बनाउन खनिज सहकार्य महत्वपूर्ण औजार हुन सक्ने अनुमान गरिएको छ ।

अमेरिका र युक्रेनबीच खनिज सहकार्यको संभावना नजिकियो

सुरुमा युक्रेनले सहकार्य गर्न अस्वीकार गरेको थियो । तर पछि आएको राष्ट्रपति भोलोदिमिर जेलेन्स्की खनिज सम्पदाको सहकार्यका लागि तयार भएका थिए ।





Source link

Leave a Comment

Translate »
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School