अमेरिकामा संविधान दिवस मनाइयो



प्रकाशित मिति : आश्विन ४, २०८१ शुक्रबार

अमेरिकास्थित नेपाली राजदूतावासले ‘नेपाल डे’ कार्यक्रमको आयोजना गरी संविधान दिवस मनाएको छ ।

वासिङ्गटन डिसीस्थित नेपाली राजदूतावासमा आयोजना गरिएको ‘नेपाल डे’ कार्यक्रममा कार्यवाहक राजदूत कुमार खरेलले नेपालको संविधान २०७२ का विशेषताका बारेमा जानकारी गराउनुभएको थियो ।

नेपाल डे कार्यक्रममा गैरआवासीय नेपालीहरुको तर्फबाट गैरआवासीय नेपाली सङ्घ अमेरिकाका अध्यक्ष डा अर्जुन बन्जाडेले नेपालको संविधानले व्यवस्था गरेअनुसार ऐन कानुन निर्माण गरी गैरआवासीय नेपाली नागरिकतालाई पूर्ण रुपमा कार्यान्वयनमा ल्याउनुपर्ने उल्लेख गर्नुभयो ।

कार्यक्रममा नेपाली राजदूतावासका प्रतिनिधिहरु, अमेरिकास्थित नेपाली समुदायका विभिन्न सङ्घ संस्थाका प्रतिनिधिको सहभागिता रहेको थियो ।

नेपाल डे कार्यक्रमको सन्दर्भमा नेपाली समाज टेक्ससका अध्यक्ष राजेन्द्र वाग्ले नेतृत्वको टोलीले टेक्ससको ड्यालसमा तत्काल कन्सुलर शिविर सञ्चालन तथा ड्यालसमा कन्सुलर अफिस स्थापनाका लागि कार्यवाहक राजदूत खरेललाई ज्ञापनपत्र बुझाएको थियो ।





Source link

Leave a Comment

Translate »
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School