अमेरिकामा न्यायाधीशको हत्या प्रयासको अभियोगमा महिलालाई आठ वर्षको जेल सजाय



प्रकाशित मिति : आश्विन १६, २०८२ शुक्रबार

brown wooden tool on white surface

फोटो : टिन्गी इन्जुरी ल फर्म

अमेरिकामा सर्वोच्च अदालतका एक न्यायाधीशको हत्या गर्ने प्रयास गरेको अभियोगमा एक महिलालाई आठ वर्षभन्दा बढीको जेल सजाय सुनाइएको छ।

सर्वोच्च अदालतका न्यायाधीश ब्रेट काभानाहलाई हत्या गर्ने प्रयास गरेको अभियोग स्वीकार गरेकी सोफी रोसकेलाई आठ वर्षभन्दा बढी जेल सजाय सुनाइएको हो।

२९ वर्षीया रोसकेलाई सन् २०२२ को जुन महिनामा काभानाहको घर नजिकै पक्राउ गरिएको थियो। त्यसबेला उनले अधिकारीहरूलाई आफू काभानाहको हत्या गरी त्यसपछि आत्महत्या गर्ने योजनामा रहेको बताएकी थिइन्।

अमेरिकामा न्यायाधीशको हत्या प्रयासको अभियोगमा महिलालाई आठ वर्षको जेल सजाय

अमेरिकामा न्यायाधीशको हत्या प्रयासको अभियोगमा महिलालाई आठ वर्षको जेल सजाय

सजाय सुनाउनका लागि अदालतमा उपस्थित भएकी रोसके पहेँलो जेलको पोशाकमा देखिएकी थिइन्। सुनुवाइमा काभानाहको परिवारका साथै रोसकेका परिवार पनि उपस्थित थिए।

अमेरिकी जिल्ला न्यायाधीश डेबोरा बोर्डम्यानले उनलाई ९७ महिना अर्थात् ८ वर्ष १ महिना कैद सजाय सुनाउँदै उनलाई आजीवन निगरानीमा राख्ने आदेश दिइन्।

न्यायाधीश बोर्डम्यानले रोसकेलाई ट्रान्सजेन्डर महिला भनेर सम्बोधन गर्दै, “उनले आफ्ना क्रियाकलापप्रति पश्चात्ताप गरेकी र पूर्ण जिम्मेवारी लिएकी छिन्” भनिन्।

सरकारी वकिल कोरीन माओले यो अपराध पूर्वनियोजित भएको दाबी गरेका छन्। उनले रोसकेले नौ पटक विभिन्न हतियार खरिद गरेको र सिरियल किलर तथा गोलीकाण्डसम्बन्धी गुगल खोज गरेको बताए। सरकारले रोसकेलाई ३० वर्षको सजाय मागेको थियो।

तर रोसकेकी वकिल एली मारान्जिनीले भने, हत्या र आत्महत्याको योजना बनाए पनि घरतर्फ ट्याक्सीमा जाँदै गर्दा मन बदलिएको दाबी अदालतमा गरिन्।

अमेरिकामा न्यायाधीशको हत्या प्रयासको अभियोगमा महिलालाई आठ वर्षको जेल सजाय

“त्यो बेला उनले आत्मसमर्पण गरेर ९११ मा आफैँ फोन गरेकी थिइन्, जुन कुरा सरकारले बेवास्ता गरेको छ” उनले थपिन्।

सुनुवाइमा रोसकेका बाबु-आमाले आफ्नी छोरीको पक्षमा बयान दिए।

रोसकेले पनि अदालतलाई सम्बोधन गर्दै काभानाह र उनको परिवारसँग माफी मागिन्। उनले भनिन्, “मैले पहिलो योजना परित्याग गरेपछि आत्महत्या गर्ने सोच बनाएको थिएँ, तर दिदीको फोनले मलाई फेरि आशा दिलायो।” काभानाहकी पत्नी र आमा पनि अदालतमा उपस्थित थिए।

सजाय सुनाउँदा न्यायाधीश बोर्डम्यानले काभानाह र उनको परिवारले भोग्नुपरेको त्रासलाई उल्लेख गर्दै भनिन्, “उनी र उनको परिवारले कहिल्यै पनि यस्तो डर बेहोर्नु नपरोस्। राजनीतिक हिंसा कहिल्यै पनि स्वीकार्य हुनु हुँदैन।”

अटर्नी जनरल पाम बन्डीले भने यो सजाय “अत्यन्तै अपर्याप्त” भएको भन्दै अपिल गर्ने घोषणा गरिन्।

रोसकेलाई सन् २०२२ जुन ८ मा मेरील्याण्डको चेभी चेइसस्थित काभानाहको घर नजिकै पक्राउ गरिएको थियो। त्यसबेला उनको झोलामा पेस्तोल, छुरा, पेपर स्प्रे र चोरीका औजार बरामद गरिएको थियो।

पक्राउ परेपछि रोसकेले प्रहरीलाई आफू क्यालिफोर्नियाबाट काभानाहलाई मार्न आएको र आत्महत्या गर्ने सोच बनाएको बताएकी थिइन्।





Source link

Leave a Comment