अमेरिकाको विसकन्सिनमा क्रिस्चियन विद्यालयमा विद्यार्थीद्वारा गोली प्रहार, ४ जनाको हत्या



प्रकाशित मिति : पुस १, २०८१ सोमबार

अमेरिकाको विसकन्सिनमा क्रिस्चियन विद्यालयमा विद्यार्थीद्वारा गोली प्रहार,  ४ जनाको हत्या

अमेरिकाको विसकन्सिन म्याडिसनमा रहेको एक क्रिस्चियन विद्यालयमा एक नाबालिगले गोली चलाएर चार जनाको हत्या गरेको प्रहरीले बताएको छ । घटनामा अरु पाँच जना घाइते भएका छन् । गोली हान्ने व्यक्ति पनि मृत भेटिएको छ।

गोलीकाण्ड बिहान झण्डै ११ बजे रिपोर्ट गरिएको थियो। प्रहरीले सडकहरू बन्द गरी अबन्डन्ट लाइफ क्रिस्चियन स्कूलको वरपरको क्षेत्रबाट टाढा रहन मानिसहरूलाई आग्रह गरेको थियो ।

गोली प्रहार गर्ने व्यक्तिको सुरक्षा अधिकारीहरुसँग कुनै पूर्व सम्पर्क भए नभएको प्रष्ट छैन । संदिग्ध बन्दुकधारीको परिवारले प्रहरीलाई सहयोग गरिरहेको प्रहरी प्रमुख शोन बार्नेसले बताएका छन् ।

संदिग्ध बन्दुधकारी एबन्डेन्ट लाइफ क्रिश्चियन स्कूलको विद्यार्थी भएको बताइएको छ । म्याडिसनकी मेयर सत्य रोड्स कन्वेले यो समुदायको लागि अविश्वसनीय रूपमा दुखद दिन रहेको बताएकी छिन् ।

गोली चलाउने व्यक्तिले ९ एमएमको पिस्तोल प्रयोग गरेको अधिकारीहरुले बताएका छन् । उक्त विद्यालयमा किंडरगार्टनदेखि कक्षा १२ सम्म करिब ३९० विद्यार्थी अध्ययनरत छन् । विद्यालय क्षेत्रफल २८ एकडमा फैलिएको छ।





Source link

Leave a Comment

Translate »
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School